×

NMB BANK
NIC ASIA

कैलालीमा अझै भेटिए २८ कमलरी, कमलरी राख्नेमा पुलिसदेखि कर्मचारीसम्म

जेठ ३१, २०७५

NTC
मुक्त कमलरी परिचय पत्रको लागि फाराम भर्दै कैलालीका मुक्त कमलरी ।
Premier Steels

धनगढी, ३१ जेठ – सरकारले मुक्त घोषणा गरेको ५ वर्ष बितेपनि कैलाली जिल्लास्थित २८ जना किशोरी अझै कमलरीको रुपमा काममा राखिएको पाइएको छ ।

Muktinath Bank

मुक्त कमलरी विकास मञ्च कैलालीले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत व्यक्ति, व्यापारी लगायतले विभिन्न बहानामा कमलरी राखेको पाइएको हो । कमलरी राख्नेमा अधिकांश शिक्षक, व्यापारी, प्रहरी, सरकारी कर्मचारी, कृषक, होटल व्यवसायी, नेतालगायत रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मञ्चकी केन्द्रीय सचिव सुजाता चौधरीका अनुसार धनगढीस्थित मोडर्न एरा बोडिङ स्कूलका सञ्चालक तथा प्याब्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवले २०५९ सालदेखि कमलरी राखेका छन् । उनले धनगढी–८ धनगढी गाउँकी १८ वर्षीया पूजा चौधरीलाई वार्षिक ३० हजार ज्याला दिने गरी कमलरी राखेको केन्द्रीय सचिव चौधरीले बताइन् ।


Advertisment
Nabil box
Kumari

नेपाल प्रहरीमा कार्यरत धनगढी उत्तरबेहडीका जनक कुवँरले कैलारी गाउँपालिका–२ लक्कडकी १७ वर्षीया आरती चौधरीलाई ४ वर्षदेखि कमलरी राखेका छन् । थारु अगुवा तथा नेपाल टेलिकममा कार्यरत चन्द्रसिंह चौधरीले धनगढी गाउँकै १५ वर्षीया सुजिता चौधरीलाई कमलरी राखेको पाइएको छ । कमलरी राख्नेले न्यून ज्याला तथा जिन्सी पदार्थ दिने गरेर कमलरी राखेको पाइएको छ । वार्षिक १ क्वीन्टल चामलदेखि थोरै पारिश्रमिक दिने गरी कमलरी राखिएको सो तथ्याङ्कमा उल्लेख छ । 

Vianet communication

तथ्याङ्क अनुसार कैलारी गाउँपालिका–२ की १४ वर्षिया जामुना चौधरी, १४ वर्षीय आरती चौधरी, १३ वर्षीय आरती चौधरी र ११ वर्षीय मनिषा चौधरी कमलरीको रुपमा काम गरिरहेकी छिन् । उनीहरू जिल्लाको लोहागर, धनगढीको उत्तरबेहडी, धनगढी गाउँ र मनेहरामा कमलहरीको रुपमा काम गरिरहेको मञ्चकी केन्द्रीय सचिव सुजाता चौधरीले बताइन् ।

धनगढी उपमहानगरपालिका–८ की १८ वर्षकी पूजा चौधरी, १५ वर्षकी सुजिता चौधरी र १२ वर्षकी शर्मिला चौधरी पनि कमलरीको रुपमा काम गरिरहेकी छिन् । भजनी नगरपालिका–८ की १४ वर्षकी गीता, कुमारी चौधरी, बर्दगोरिया गाउँपालिका–४ की १६ वर्षकी निरुता चौधरी, वडा–२ की १८ वर्षकी अस्मिता चौधरी पनि कमलरीको रुममा रहेकी छिन् ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै ८ जना लम्कीचुहा नगरपालिका क्षेत्रका किशोरी कमलहरीको रुपमा काम गरिरहेको तथ्याङ्कमा उल्लेख छ । लम्कीचुहा नगरपालिकाको गप्काकी १३ वर्षीया निशा चौधरी, १६ वर्षीया पवित्रा चौधरी, १४ वर्षीया सचित चौधरी र १८ वर्षीया गीता चौधरी रहेकी छिन् । लम्कीचुहा नपा–३ की १६ वर्षीया कविता डंगौरा, १४ वर्षकी सुविता डगौंरा, वडा–१ की १६ वर्षीया मञ्जु चौधरी, बलचौरकी १८ वर्षीया जुनी चौधरी पनि कमलरीको रुपमा काम गरिरहेकी छिन् ।

बर्दगोरिया गाउँपालिका–४ नौनियाकी १६ वर्षिया निरुता चौधरी, वडा नम्बर–२ दोदोधराकी १८ वर्षीया अस्मिता चौधरी पनि कमलरीको रुपमा काठमाडौं र सुर्खेतमा लगिएको जनाइएको छ । टीकापुर नगरपालिका–१ की १७ वर्षीया सपना चौधरी, १५ वर्षीया पूजा चौधरी र १४ वर्षीया सुस्मिता चौधरी पनि कमलहरी बनेकी छिन् । 

जानकी गाउँपालिका–६ की २१ वर्षीया सन्तोषी चौधरी, वडा नम्बर–१ की १३ वर्षीया सन्जु चौधरी, १४ वर्षीया सुमती चौधरी र १५ वर्षीया झुमा चौधरी कमलरी बनेकी छिन् । जोशीपुर गाउँपालिका–५ की २० वर्षीया शोभा चौधरी, १७ वर्षीया सिर्जना चौधरी र वडा नम्बर–४ की २५ वर्षीया लाली चौधरी कमलरी बनेकी छिन् । 

सरकारले २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको थियो । तर, अझै पनि कमलरी राखेको पाइएको छ । तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित थारु समुदायका किशोरीलाई विभिन्न बहानामा कमलरी राखेको पाइएको छ । यसैबीच, कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तत्कालै सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरूको उद्दार तथा पुनस्र्थापनाको काम अगाडि बढाइने बताए । ‘कमलरी राख्नेलाई कानून बमोजिम कारवाही गरिने छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x