×

NMB BANK
NIC ASIA

विराटनगरमा फार्मेसीको नाममा ठगी : ६४ हजारको औषधि सवा लाखको बिल

असार २, २०७५

NTC
Premier Steels

विराटनगर, २ असार–६४ हजार रुपैयाँको औषधिलाई एक लाख २९ हजार रुपैयाँको बिल बनाएर ठगी गर्न खोज्ने फार्मेसी संचालकलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।

Muktinath Bank

बिहीवार बिराटनगर अस्पताल परिसरबाट पक्राउ परेका महाकाल मेडिकलहलका संचालकलाई शुक्रवार प्रहरीले सार्वजनिक अपराध मुद्दामा ६ दिन म्याद थप गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका आरिशकुमार परियारले मोरङ कानेपोखरीका श्याम मगरको उपचारका लागि ६४ हजार ५ सय रुपैयाको औषधि दिएर एक लाख २९ हजार ६ सय रुपैयाँको बिल बनाएर तिर्न दवाव दिएका थिए । 


Advertisment
Nabil box
Kumari

फार्मेसीले बढी औषधि दिएको, विल बनाएर ठगी गरेको थाहा पाएपछि मगरका भाइ पुर्णबहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरीमा पीडित मगर पक्षले लिखित जाहेरी दिन नमानेपछि परियारलाई मोरङ प्रहरीले सार्वजनिक अपराध मुद्दामा ६ दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको हो । 

Vianet communication

फार्मेसीले अस्पतालबाट डाक्टरले दिएको पुर्जामा भन्दा बढी औषधि दिएको हिसाव देखाएको थियो । फार्मेसीले २ थान औषधिलाई १२ थान, ९ थान औषधिलाई १९ थान बनाएर ठगी गर्न खोजेको हो । 

अस्तालबाट डाक्टरले औषधि ल्याउन दिएको पुर्जामा इन्जेक्सन नुराल्ड २ थान, एमएल ९ थान लेखिएको छ । १९ वटाको मुल्य ५ हजार ७ सय ९५ लेखेको थियो । 

त्यस्तै इन्जेक्सन भिटिके, भिटिसी २–२ वटा ल्याउन अस्पतालले दिएको पुर्जीमा छ । तर फार्मेले २ वटा इन्जेक्सनको अगाडी १–१ थपेर १२–१२ बनाएको पाइएको थियो । औषधिको मूल्य पनि सामान्यभन्दा बढी राखेर बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x