×

NMB BANK
NIC ASIA

२२ जातका धानको बीउ बैंकमा

असार ४, २०७५

NTC
Premier Steels

कञ्चनपुर, ४ असार-  एक दशकदेखि सञ्चालन हँुदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । 

बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो पाक्ने १५ जातका र ढिलो पाक्ने सात जातका धान बैंकले संरक्षण गरेको सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताउनुभयो । 

छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनीया, थापाचिनी, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकीलगायत १५ जातका धान संरक्षण गरिएका छन् । 

ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र बाउन्न चिनीलगायतका धान संरक्षण गरिएका छन् । प्रत्येक वर्ष स्थानीय जातका धानखेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पु¥याउदै आएका छन् । 

स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ अध्यक्ष रानाले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।” 

सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रुपमा घरमै तयार गरिएको मलको प्रयोग गरी डाभरसिटी ब्लकमा स्थानीय जातका धानको खेतीलाई निरन्तरता दिँदै आएका छन् । प्रति वर्ष लोपोन्मुख अवस्थामा पुगेका धानको खेती गरी धान संरक्षणमा टेवा पुर्याइँदै आएको छ । 

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान आशाराम चौधरीले बताउनुभयो । यस वर्ष स्थानीय जातको धानको बीउ ५० क्विण्टल बढी उत्पादन भएको छ । बजारको दररेटभन्दा रु १० देखि १५ सस्तोमा धानका बीउ किसानलाई बिक्री हुँदै आएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x