×

NMB BANK
NIC ASIA

ट्रम्प र किमको भेट गराउनमा ट्रम्पका ज्वाईंको हात ?

असार ४, २०७५

NTC
Premier Steels

काठमाडौं, ४ असार – मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनकीच सिंगापुरमा भएको शिखरवार्तालाई ऐतिहासिक भनिएको छ । यो शिखरवार्ता गराउनमा दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र चीनको प्रमुख भूमिका रहेको बताइएको छ । 

तर अहिलेसम्म सार्वजनिक नभएको तथ्य के हो भने एक व्यापारीले आफ्नो हित पूरा गर्नका लागि उत्तर कोरियासँग ट्रम्पको वार्ता गराएका हुन् ।  

ती व्यापारी ग्याब्रियल शुल्ज हुन् र उनले अघिल्लो वर्षको गर्मी महिनामा ट्रम्प प्रशासनसमक्ष असामान्य प्रस्ताव गरे । उत्तर कोरियाको सरकार ट्रम्पका ज्वाईं ज्यारेड कुशनरसँग भेट्न इच्छुक रहेको प्रस्ताव शुल्जले लगेका थिए । 

शुल्जले बताएअनुसार, उत्तरका शीर्ष अधिकारीहरू राष्ट्रपति ट्रम्प र किमबीच वार्ताको सम्भावना पत्ता लगाउनका लागि एक ब्याकच्यानलको खोजीमा थिए । सिंगापुरमा बस्ने शुल्ज उत्तर कोरियामा व्यापार गर्ने सम्भावना खोजिरहेका थिए । उनले धेरैचोटि प्योङयाङ भ्रमण गरेका थिए र यसै बेलामा अनेकौं सम्पर्क पनि कायम गरेका थिए । 

उत्तर कोरियाका लागि अमेरिकासँग सम्पर्क बनाउने सबभन्दा सही माध्यम कुशनर नै हुन्थे । राष्ट्रपतिको परिवारका सदस्य भएका नाताले प्योङयाङका अधिकारीहरू कुशनरले आफ्ना ससुरालाई सबै कुरा पु–याउने सबभन्दा सही माध्यम भएको ठान्थे । 

हालै अमेरिकाका केही बहालवाला र पूर्व अधिकारीहरूबीचको अन्तर्वार्ता र दुई देशबीच भएका सम्झौताका विषयमा जानकार अधिकारीहरूको बयानले अघिल्लो हप्ता ट्रम्प र किमबीच भएको हस्तमिलनमा कुशनरको भूमिका देखिन्छ । यसबाहेक बैठकअघि दुवै देशका जासूसी अधिकारीहरूबीचका गोप्य बैठक पनि भए अनि व्यवसायीहरूबीच चर्चा पनि चले ।

उत्तर कोरियाले अमेरिकाको परराष्ट्र मन्त्रालयको झन्झटमा फस्न चाहँदैनथियो अनि सीधै ट्रम्पसमक्ष पहुँच बनाउन चाहन्थ्यो । त्यसका लागि उसलाई शुल्जले बाटो देखाए । शुल्जले ट्रम्पका पारिवारिक सदस्यहरूसँग वर्षौंअघि
भेटघाट गरेका थिए । त्यतिखेर ट्रम्प परिवार एसियामा कारोबार फैलाउन चाहन्थ्यो । 

खबरहरूका अनुसार, कुशनरले पर्दापछाडि उत्तर कोरियाली अधिकारीहरूसँगको कुराकानीमा प्रत्यक्ष भूमिका निर्वाह गरेनन् । बरू त्यसको साटो उनले तत्कालीन सीआईए निर्देशक तथा अहिलेका परराष्ट्रमन्त्री माइक पम्पिओलाई
शुल्जको प्रस्तावको जानकारी दिए र सम्बन्धित एजेन्सीलाई वार्ता अघि बढाउन भने । यस विषयमा कुशनर र शुल्जबीचको सम्पर्कका बारेमा ह्वाइट हाउस र सीआईएले कुनै पनि बयान दिन अस्वीकार गरेका छन् । 

राष्ट्रपतिका ज्वाईं कुशनरले राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील मुद्दामा पर्दापछाडि बसेर भूमिका निर्वाह गरेको यो पहिलो अवसर हैन । सन् २०१७ मा पनि उनले ट्रम्प र चिनियाँ सरकारबीच बिग्रेको सम्बन्ध सुधार्नका लागि
चीनका उच्चायुक्तलाई मौका दिएका थिए । कुशनरले चीनका उच्चायुक्त कुई तियानकाईले दुई दिनसम्म यस विषयमा वार्ता गरेका थिए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x