×

NMB BANK
NIC ASIA

अमेरिकाले तयार गर्दैछ अन्तरिक्ष सेना

असार ५, २०७५

NTC
Premier Steels

काठमाडौं, ५ असार – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैठौं शाखा बनाउने इच्छा व्यक्त गरेका छन् । यो अन्तरिक्ष सेना वा स्पेस फोर्स हुनेछ । 

देशको सुरक्षाका लागि यो आवश्यक भएको ट्रम्पले सोमवार बताए । यसबाट अन्तरिक्षमा अमेरिकाको दमदार र प्रभावकारी उपस्थिति हुने उनको दाबी छ । 

यो फरक किसिमको सेना भएको उनको भनाइ छ । यसले देशको सुरक्षा पनि बढ्ने अनि नयाँ रोजगारी पनि सिर्जना हुने र अर्थव्यवस्थामा सुधार आउने उनी बताउँछन् । 

यस मामिलामा चीन र रुसजस्ता देशलाई शीर्ष स्थानमा राखिरहन अमेरिकाले दिन नमिल्ने उनी बताउँछन् । 

अमेरिका फेरि चन्द्रमामा जाने र मानिसहरूलाई मंगल ग्रहमा पनि पठाउने ट्रम्पले वाचा गरे ।

ट्रम्पले घोषणा गरे, ‘यो एकदम महत्त्वपूर्ण छ । म रक्षा मन्त्रालय पेन्टागनलाई अमेरिकी सेनाको छैठौं शाखाका रूपमा अन्तरिक्ष सेना  तयार पार्नका लागि तुरुन्त काम शुरू गर्न निर्देशन दिँदैछु । वायुसेनाजस्तै अमेरिकाको अन्तरिक्ष सेना हुनेछ ।’

ट्रम्प राष्ट्रिय अन्तरिक्ष परिषद्सँग हुने बैठकअघिको पत्रकार सम्मेलनमा बोलिरहेका थिए । 

ट्रम्पले भने, ‘मैले डिसेम्बरमा एक ऐतिहासिक आदेशमा हस्ताक्षर गरेको थिएँ । सन् १९७२ पछि म फेरि अमेरिकीहरूलाई चन्द्रमामा पठाउँछु भनेको थिएँ मैले । अब हामी चन्द्रमामा आफ्नो झण्डा र कदमको निशान मात्र छोड्दैनौं,
लामो समयका लागि त्यहाँ आफ्नो उपस्थिति बनाउँछौं ।’

उनले थपे, ‘हामी आफ्नो अर्थव्यवस्था विस्तार गर्छौं र फेरि मंगल ग्रहमा जानका लागि मिसन शुरू गर्छौं । यो काम छिट्टै शुरू हुनेछ ।’

यो सबै कसरी हुनेछ र नयाँ स्पेस फोर्सको रूप कस्तो हुनेछ र त्यसले कसरी काम गर्नेछ भन्ने विषयमा कुनै जानकारी छैन ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x