×

NMB BANK
NIC ASIA

दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास औपचारिक रूपमै स्थगित ग–यो अमेरिकाले

असार ५, २०७५

NTC
Premier Steels

काठमाडौं, ५ असार – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो वाचाअनुसार दक्षिण कोरियासँगको सैन्य अभ्यास स्थगित गराएका छन् । उत्तर कोरियाका नेता किम जोङ–उनसँग अघिल्लो हप्ता गरेको भेटघाटपछि उनले अभ्यास स्थगन गरिने बताएका थिए । 

अगस्ट महिनामा गरिने भनिएको अभ्यास स्थगित गरिएको छ । 

उल्ची फ्रीडम गार्डियन नामक सैन्य अभ्यासका तयारीलाई स्थगित गर्न वाशिङटन र सउलले सहमति जनाएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले मंगलवार जनायो । ‘दक्षिण कोरिया र अमेरिकाले थप उपायका बारेमा सल्लाहहरू गरिरहनेछन्,’ मन्त्रालयले बताएको योन्हाप समाचार संस्थाले बतायो । 

तर अमेरिकीहरूसँग अन्य संयुक्त तालिम अभ्यासका विषयमा कुनै निर्णय नलिइएको दक्षिण कोरियाको मन्त्रालयले जोड दियो । दक्षिणले अमेरिकासँग मिलेर की रिजोल्भ र फोल ईगल नामक संयुक्त सैन्य अभ्यास पनि गर्ने गरेको छ । 

वाशिङटनले पनि दक्षिणसँगको संयुक्त अभ्यास तत्कालका लागि स्थगन गरिएको पुष्टि ग–यो तर यसको विस्तृत जानकारी दिएन । 

‘यससम्बन्धी कुराकानी चलिरहेको छ,’ ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले पत्रकारहरूलाई बताइन् । उत्तर कोरियाले राम्रो भावनाका साथ काम गरेमा अभ्यासहरू ‘स्थगन गरिने’ उनले थपिन् । 

पेन्टागनले यससम्बन्धमा गरेको घोषणा दक्षिण कोरियाली सेनाको जस्तै छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x