×

NMB BANK
NIC ASIA

सीजनका सबभन्दा तीव्र खेलाडी सालाह निको भएर आज खेल्ने

असार ५, २०७५

NTC
Premier Steels

काठमाडौं, ५ असार – विश्वकप फूटबलको छैठौं दिन मंगलवार तीनवटा खेल हुँदैछन् । कोलम्बिया र जापान पौने ६ बजे भिड्दैछन् भने पोल्यान्ड र सेनेगल पौने ९ बजे प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै रुस र इजिप्ट पौने १२ बजेदेखि भिड्दैछन् । 

रुस साउदी अरबलाई ५–० ले हराएर समूहको शीर्ष स्थानमा छ । इजिप्टलाई आज जितेमा ऊ अर्को चरणमा पुग्ने सम्भावना उच्च रहन्छ । 

इजिप्ट भने उरुग्वेसँगको पहिलो खेलमा १–० ले पराजित भएको थियो । इजिप्टका सुपरस्टार खेलाडी मोहम्मद सालाह फिट भएर टीममा फर्केका छन् र उनले रुसलाई कडा चुनौती दिने अपेक्षा छ । उनी अघिल्लो सीजनमा सबभन्दा तीव्र गतिका खेलाडी थिए । 

मैदानमा उनको टप स्पीड ३३ किलोमिटर प्रतिघन्टा हो । च्याम्पियन्स लीगको फाइनलमा उनको काँधमा चोट लागेको थियो ।

रुस र इजिप्ट विश्वकपमा पहिलोचोटि भिड्दैछन् । रुसले सन् १९७० पछि विश्वकपमा कहिले पनि लगातार दुई म्याच जितेको छैन । इजिप्टको कुरा गर्दा उसले विश्वकपमा अघिल्लो २७७ मिनेटयता कुनै गोल गरेको छैन ।

उता कोलम्बिया र जापान यसअघि तीनचोटि भिडिसकेका छन् । कोलम्बियाले दुई म्याच जितेको छ भने एउटा बराबरीमा टुंगिएको छ । 

कोलम्बियाको यो छैठौं विश्वकप हो । उसले अघिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो र क्वार्टफाइनलमा पुगेको थियो । 

जापान लगातार छैठौंपटक विश्वकपमा पुगेको हो । उसले सन् १९९८ मा विश्वकपमा पहिलोपटक छनोट भएदेखि लगातार यो ठूलो प्रतियोगिता मा भाग लिएको छ । सन् २००२ र सन् २०१० मा ऊ अन्तिम १६ मा पुग्न सफल भएको थियो । 

अनि पोल्यान्ड र सेनेगलको अहिलेसम्म कुनै पनि प्रतियोगितामा भेट भएको छैन । पोल्यान्डले सन् १९७४ को विश्वकपपछि कहिले पनि शुरूआती प्रतिस्पर्धा जितेको छैन । उसले सातचोटि विश्वकपमा भाग लिएको छ । सन् १९७४ को विश्वकपमा ऊ तेस्रो स्थानमा रहेको थियो । अन्य विश्वकपमा उसको प्रदर्शन खासै उल्लेख्य छैन ।

सेनेगलले सर्वोत्कृष्ट प्रदर्शन सन् २००२ को विश्वकपमा देखाएको थियो । त्यतिखेर उसले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई समूह चरणमा हराएको थियो । ऊ त्यतिखेर क्वार्टफाइनलसम्म पुगेको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x