×

NMB BANK
NIC ASIA

हिमाली जिल्लाको ऐतिहासिक उपलब्धि : जुम्लामा मिडवाइफरी पढाइ हुने

असार ६, २०७५

NTC
Premier Steels

सुर्खेत, ६ असार-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम सञ्चालन हुने पक्का भएको छ । 

आगामी आव २०७५/०७६ को पहिलो महिनामा यो कार्यक्रम सञ्चालन हुने निश्चित भएको छ । मिडवाइफरी कार्यक्रम सञ्चालनका लागि नेपाल नर्सिङ काउन्सिलले प्रतिष्ठान, जुम्लालाई सोमबार स्वीकृतिको परिपत्र गरेको नर्सिङ डिन सरस्वती गौतमले जानकारी दिनुभयो । उहाँले परिपत्रमा प्रतिष्ठान, जुम्लाका लागि काउन्सिलले १० सिटको स्वीकृति दिएको उहाँले बताउनुभयो । 

“वीर हस्पिटलको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नेम्स), काठमाडौँ विश्वविद्यालयपछि तेस्रोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले मिडवाइफरी कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको छ,” नर्सिङ डिन गौतमले भन्नुभयो । उहाँका अनुसार यो कार्यक्रम सञ्चालनका लागि नेम्सले १०, प्रतिष्ठान जुम्लाले १० र काठमाडौँ विश्वविद्यालयले छ सिट प्राप्त गरेको छ । 

आमालाई सम्मानपूर्वक स्याहारसुसार गरेर मानसिक, शारीरिक एवं सामाजिक रुपले सुरक्षित राख्न र मातृ तथा नवजात शिशु मृत्यु दर घटाउने उद्देश्यले प्रतिष्ठान, जुम्लामा यो कार्यक्रम सञ्चालन हुन थालेको उहाँले बताउनुभयो । कर्णालीजस्तो दुर्गम ठाउँका महिला तथा शिशुका लागि यो कार्यक्रम अत्यन्तै प्रभावकारी र लाभदायक हुने उहाँको भनाइ छ । 

मिडवाइफरी कार्यक्रम सञ्चालनको अनुमति पाएपछि प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले एक वर्षको प्रयासपछि सफलताको एउटा इँटा थपिएको बताउनुभयो । “हिमाली जिल्लाको यो ऐतिहासिक उपलब्धि हो, अब डेढ महिनाभित्र हामी यो कार्यक्रम सञ्चालन गर्छौं,” रजिष्ट्रार काफ्लेले भन्नुभयो । 

उहाँका अनुसार यससँगै जुम्लास्थित प्रतिष्ठान एमबिबीएस र एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने पहलमा निरन्तर अघि बढेको छ । प्रतिष्ठानको यो प्रयासका लागि नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकारसहित सरोकारवाला सबैको सकारात्मक भूमिका रहेमा प्रतिष्ठान कर्णाली प्रदेशको कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x