×

NMB BANK
NIC ASIA

चिनियाँ सहयोगमा पाकिस्तानमा रेलमार्ग र विकासको काम तीव्र, नेपालमा के होला ?

असार ६, २०७५

NTC
Premier Steels

रमेश लम्साल 

Muktinath Bank

काठमाडौँ, ६ असार -  संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ । 

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत रेलमार्ग निर्माणले तिव्रता पाएको छ । जुन पाकिस्तानको आर्थिक विकासको वृहत राजमार्गको रुपमा विकास हुने सङ्केतहरु देखा परेका छन् । नेपालमा समेत रेलमार्ग निर्माणको चर्चा सुरु भइरहेको बेला पाकिस्तानको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र महत्वपूर्ण रेलमार्ग निर्माण सम्पन्न हुने देखिएको छ । 

चीनले पाकिस्तानमा सन् २०२० सम्म पेशावरदेखि कराचीसम्मको रेलमार्ग निर्माण सम्पन्न गर्न लागेको छ । चिनियाँ सहयोगमा निर्माण भइरहेको पहिलो चरणको उक्त परियोजनामा प्रतिघण्टा १६० किलोमिटरको गतिमा रेल गुड्नेछ । 


Advertisment
Nabil box
Kumari

रेलमार्ग अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । यस्तै दोस्रो चरणमा चिनियाँ सहयोगमा नै मुल्तन हैदरवाद रेलमार्ग निर्माण हुनेछ । यस्तै तेस्रो चरणमा हैदरवाद र कराची खण्डको रेलमार्ग समेत निर्माण हुने छ । 

Vianet communication

चाइना पािकस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत सो रेलमार्गको काम भइरहेको र त्यसले पाकिस्तानको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको पाकिस्तानी सञ्चार माध्यमहरुको दावी छ । पाकिस्तानमा यसअघि सञ्चालनमा रहेको रेलमार्गको स्तरोन्नति गर्ने र नयाँ लाइन निर्माण गर्ने योजना पनि सँगै अगाडि बढीरहेको छ । 

त्यसमा हाल सञ्चालनमा नै रहेको कराची पेशावर रेललाइनको मुख्य खण्डको स्तारोन्नति गरिनेछ । एक लाइन मात्रै रहेको रेलमार्गलाई दोहोरो लाइन बनाउने कार्य जारी रहेको हो । 
पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार हाल रेलमार्गको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । सो रेलमार्गको विस्तार पछि पाकिस्तानको सार्वजनिक यातायाताको करिब ७० प्रतिशत आवागमनलाई सहज रुपमा सम्बोधन गर्न सकिने दावी गरिएको छ । 

सो रेलमार्ग ४ हजार ६९३ मिटर उचाइमा रहेको कुन्जेरव पास भएर जाने छ । पाकिस्तानको हिमाली क्षेत्रमा समेत रेल कुदाउने सपना चिनियाँ सहयोगमा पूरा हुन लागेको छ । 
चीन पाकिस्तान इकोनोमिक करिडोरको यो नै महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ । यो रेलमार्ग चीनले नै निर्माण गरिरहेको कराची र गुदर बन्दरगाहलाई समेत जोड्नेछ । पाकिस्तानको अर्थतन्त्र माथि उकास्ने भन्दै चीनले दुई विशाल बन्दरगाह समेत बनाइरहेको छ । 

ती बन्दरगाह सन् २०३० सम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने चीन र पाकिस्तानको संयुक्त योजना रहेको छ । रेलमार्ग विस्तारका लागि ५ अर्ब अमेरिकी डलर खर्च गर्ने चीनको योजना रहेको छ । 

चीन पाकिस्तान इकोनोमिक करिडोरको महत्वपूर्ण परियोजनाको नाम दिइएको कराची पेशावर रेलमार्ग कूल १ हजार ६८७ किलोमिटर लामो रहेको छ । सो रेलमार्गको लागत ३६५ अर्ब डलर रहेको छ । 

पहिलो चरणमा उक्त परिमाण खर्च गर्ने र क्रमशः खर्चको मात्रा बढाउँदै लैजाने योजना समेत रहेको छ । पहिलो चरणको काम गत वर्ष नै सकिइसकेको छ । हाल सोही रेलमार्गको दोस्रो र तेस्रो चरणको काम जारी रहेको छ । 

दोस्रो चरणको रेलमार्गमा ८.२ बिलियन खर्च हुनेछ । सबै रेलमार्गको काम सन् २०२१ भित्र सकिनेछन् । पाकिस्तानमा रेलमार्गबाट वार्षिक ४८० मिलियन आम्दानी हुने छ । 

चिनियाँ रेल इन्जिनियर र पाकिस्तानी प्राविधिकले संयुक्त रुपमा काम गरिरहेका छन् । उनीहरुले एउटा मार्ग मध्यम गतिको र अर्को उच्च गतिमा कुद्ने रेलमार्ग निर्माण गरिरहेका हुन् । 

यस्तै चीनको सहयोगमा निर्माण भइरहेको कोटरी– अत्तोक दोस्रो रेलमार्गलाई चिनियाँहरुले आफ्नै नाम दिएका छन् – सुन्तला रंग । सो मार्ग १ हजार २५४ किलोमिटर लामो हुनेछ । सो रेलमार्गले कोटरी र सिन्ध प्रान्तलाई जोड्ने छ । सो रेलमार्गलाई ज्याकोवावाद र सिन्ध प्रान्तलाई जोड्ने गरी एक आपसमा अन्तरसम्बन्धित गरिनेछ । जुन पाकिस्तानको आवश्यकता नै बनेको छ । ‘यात्रु आवागमनलाई सहज बनाउने अरु कुनै उपाय नै छैन, जुन हामी गरिरहेका छौ’ पाकिस्तानी रेल अधिकारीको भनाइ छ । 

यस्तै तेस्रो चरणको परियोजनामा रोहरी– चमन रेलमार्ग रहेको छ । सो मार्ग ५६० किलोमिटर दुरीको रहेको छ । 

यस्तै पाकिस्तानको अर्को महत्वपूर्ण प्रान्त क्वेटा जोड्न महत्वपूर्ण मानिएको छ । यस्तै लाहोरमा मेट्रो रेल्वे लाइन निर्माणका लागि समेत चीन पाकिस्तान इकोनोमिक करिडोर अन्तगर्त काम भइरहेको छ । 
यो मार्ग यसै वर्ष सम्पन्न हुने लक्ष्य प्रक्षेपण गरिएको छ । कूल २७.१ किलोमिटर लामो मेट्रो रेलको लागत १६५.२० अर्ब डलर रहेको छ । दैनिक कूल २ लाख ५० हजार यात्रु सो मेट्रोले बोक्नेछ भने त्यो बढेर ५ लाख पुग्ने अनुमान गरिएको छ । 

यस्तै चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत खुन्जेरव रेलमार्ग पनि रहेको छ । कूल ६८२ किलोमिटर लामो उक्त रेलमार्गले चीन र पाकिस्तानलाई जोड्नेछ । यो रेलमार्ग हाल सञ्चालनमा रहेको

काराकोलम राजमार्गको समानान्तर रुपमा निर्माण हुनेछ । यो रेलमार्ग सन् २०३० मा सम्पन्न हुनेछ । सो रेलमार्गको लागत १२ अर्ब रहेको छ । 

चिनियाँ राष्ट्रपति सि चिनफिङले सन् २०१५ मा गर्नुभएको पाकिस्तान भ्रमणपछि सो रेलमार्ग मिर्नाण गर्ने सम्झौता भएको थियो । 

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनामा सहज आवागमन, रेलमार्ग, हवाईमार्ग, यातायात प्रणालीको सुधार गर्ने लगायतका विषय समेटिएका छन् । व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्दै दुई देशको आर्थिक विकास र समृद्धि गर्ने लक्ष्य राखिएको छ । 

शान्ति, विकास र आर्थिक समृद्धि नै सो परियोजनाको मूल मक्सद रहेको देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनाले आफ्नो देशलाई विश्व अर्थतन्त्रमा उदाउदो शक्तिका रुपमा स्थापित गर्ने विश्वास व्यक्तगर्दै आउनु भएको छ । 
चीन, पाकिस्तान र मध्य एसियाको आर्थिक विकास र साझेदारीमा महत्वपूर्ण योगदान पु¥याउन सो परियोजना सहयोगी हुने आश गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x