बाँसगढी घटनाको विषयमा सांसद शान्ता चौधरीले गराइन् गृहमन्त्रीको ध्यानाकर्षण

फाइल फोटो
असार ८, २०७५

काठमाडौं, ८ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले बर्दियाको बाँसगढीमा कमलरी अस्मिता थारुको हत्या सम्बन्धमा छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । 

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले कमलरीमुक्त नेपाल घोषणा गरिएको ५ वर्ष भइसक्दा पनि लुकाएर कमलरी राखिएकाले हत्याका घटना घटेको उनले बताइन् ।


ADVERTISEMENT

बर्दिया बढैयातालका दुर्गा भण्डारीको घरमा अस्मिताले जेठ २९ गते राति आत्महत्या गरेको भनिए पनि उनको आत्महत्या कि हत्या भन्ने विषयमा छानबिन गर्नुपर्ने चौधरीले बताइन् । 

मृत्युको विषयलाई लिएर कैलाली र बर्दियामा आन्दोलन भइरहेको तथा मृत्यु भएकी अस्मिता कमलरीको शरीरभरी निलडाम भएकोले आशंका बढेको उनले बताइन् ।

चौधरीले घटना सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् ।

असार ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार