×

NMB BANK
NIC ASIA

किसान मख्ख पार्ने योजना : अनलाइनबाटै अनुदानदेखि कृषिमा यान्त्रिकरणसम्म

असार ८, २०७५

NTC
Premier Steels

बुटवल, ८ असार – ५ नम्बर प्रदेशको सरकारले ल्याएको पहिलो पूर्ण बजेटमा कृषि क्षेत्रलाई विशेष महत्व दिएको छ ।

Muktinath Bank

सरकारले कृषिमार्फत् प्रदेशलाई समुन्नत बनाउने गरी कृषि क्षेत्रमा ठूलो रकम विनियोजन गरी किसानलाई अनुदान दिने योजना ल्याएको हो । कृषिमा व्यावसायीकरण र युवा आकर्षित गर्न अनुदान दिइने प्रदेश सरकारले उद्देश्य छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले कृषिका लागि ३ अर्ब २० करोड रूपैयाँ विनियोजन गरेको छ । जसमध्ये ३५ करोड रूपैयाँ प्रशासनिक खर्चबाहेक अन्य सबै कृषिको उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रदेशलाई कृषिमा सक्षम बनाउने गरी कार्यक्रम आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए ।


Advertisment
Nabil box
Kumari

कृषि मन्त्रालयले सरकारले ल्याएका कार्यक्रममा ५० प्रतिशत अनुदान दिने गरी कार्यविधि बनाउन जुटेको छ । ‘आउँदो साउनको अन्तिम साताबाट किसानले अनुदानका लागि निवेदन दिन सक्ने छन्,’ सचिव देवकोटाले भने, ‘किसानहरू अनुदान पाउनका लागि  मन्त्रालय आउन पनि पर्दैन । अनलाइनमार्फत् पनि निवेदन दिने व्यवस्था मिलाउँदै छौं ।’

Vianet communication

प्रदेशमा पर्ने तराईका ६ जिल्ला अन्नको भण्डारको रूपमा चिनिन्छ भने पहाडी ६ जिल्ला तरकारी र फलफूल र जडिबुटीको केन्द्रको रूपमा रहेको छ ।  ‘विगतका वर्षहरूमा अनुदान वितरणमा जस्तो यस वर्ष ढिलासुस्ती हुँदैन ।

किसानले आवेदन दिएको केही साताभित्रै विज्ञको टोली बनाई अनुगमन गरी वितरण गर्ने छौं,’ सचिव देवकोटाले भने । कृषि अनुदानको कार्यक्रमले टाठाबाठा होइन । विशुद्ध किसानले पाउनुपर्ने कृषि विज्ञहरुको सुझाव छ । 

कृषिलाई यान्त्रिकरण गराउन कृषिजन्य औजार उपकरण खरिदका लागि ३० करोड रुपैयाँ छुटाइएको छ । संकलन केन्द्रबाट तरकारी ढुवानी गाडी खरिद गर्न ५ करोड, दूध प्याकेजिङ मेसिनका लागि ३० लाख, तरकारी, फलफूल तथा पशुपंक्षी हाट बजार स्थापनका लागि १० करोड रूपैयाँ छुट्याएको छ ।

प्रदेशका १ सय ९ वटै स्थानीय तहमा शीत भण्डार निर्माण गरिने भएको छ । ‘एक पालिका एक शीतभण्डार’ नीति अनुसार ५० करोड रूपैयाँ छुट्याएको छ । किसानले उत्पादन गरेका कृषिजन्य सामग्री राख्ने चिस्यान केन्द्र नहुँदा कुहिएर जाने अवस्था छ । 

पशुपंक्षीजन्य उत्पादन बोक्न प्रयोग हुने ढुवानीका साधन ‘पिकअप’ गाडी खरिदका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । सरकारले कृषि अनुदान कोष स्थापना गरेको छ । जसका लागि १० करोड रुपैयाँ छुट्याएको छ । उक्त कोष मागमा आधारित हुनेछ । सचिव देवकोटाले कुनै पनि किसानले तरकारी, फलफूल खेती, पशुपंक्षी व्यवसाय गर्छु भनेर आउने किसानलाई यहीँ कोषबाट अनुदानमा उपलब्ध गराइने बताए ।

माछामासु र दुधमा व्यावसायीकरण गर्न उत्पादनमा आधारित रहेर अनुदान दिन १० करोड रुपैयाँ विनियोजन गरिएको छ । भूमिहीन किसानका लागि करारमा खेती गर्ने पाउने व्यवस्था हुने भएको छ । त्यसका लागि १० करोड विनियोजन गरिएको छ । सरकारले भाडाका जग्गा लिएर खेती गर्न चाहने किसानलाई उपलब्ध गराउने छ ।

दाना उत्पादन गर्ने मेसिन खरिदका लागि ७० लाख, च्याउको बीउ उत्पादन गर्न अनुदान, सहकारी विकास कोषमार्फत् किसानलाई बिना व्याज ऋण उपलब्ध गराउन १५ करोड रुपैयाँ राखिएको छ । ह्याचरी (कुखुराका चल्ला उत्पादन गर्ने मेसिन) खरिदका लागि ४० लाख रुपैयाँ राखिएको छ ।

प्रदेश अन्तर्गत पर्ने ५२ वटा निर्वाचन क्षेत्रमा स्मार्ट गाउँ कार्यक्रम कार्यान्वयन हुने भएको छ । त्यसका लागि २६ करोड रुपैयाँ छुट्याइएको छ । सिमान्तकृत समुदायको लागि भेडा, बाख्रा र अन्य पशुपंक्षी पालनका लागि २ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । हरेक गाउँमा उन्नत जानको बाख्रा उत्पादन गर्न २ सय वटा बोका वितरण गरिने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x