×

NMB BANK
NIC ASIA

लोकान्तर स्टुडियोमा मनोचिकित्सक डा. ओझा

विश्वकपले बनाउला मानसिक रोगी ! कसरी बच्ने ? [डा‍. ओझासँगको भिडियो अन्तर्वार्ता]

असार ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ असार – रुस जारी विश्वकप फुटबल प्रतियोगितामा विश्वका ३२ देशको सहभागिता छ । विश्वकप शुरू भएसँगै सामाजिक सञ्जाल पनि विश्वकपको सन्दर्भले नै भरिएका देखिन्छन् ।

Muktinath Bank

विश्वकपको चर्चा नेपालमा पनि उत्तिकै छ । नेपालीले आफूलाई मनपर्ने खेलाडी र देशको खुलेरै समर्थन गरिरहेका छन् । त्यति मात्रै होइन, केही नेपाली आफूले मन पराएको खेलाडी र देशको राम्रो कुरा प्रचार गर्ने तथा विपक्षी टीमका खेलाडी र समर्थकलाई होच्याउने कार्यमा समेत लागि परेका देखिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकअर्काको खिल्ली उडाउने, समर्थन गरेको समूहले गोल नहान्दा दुःखी हुने, रातभरि नसुतेरै विश्वकप हेर्ने नेपालीको प्रवृत्ति देखिन्छ । समर्थकहरू रातभरि नसुतेरै विश्वकप हेर्दा शारीरिक र मानसिक रुपमा अस्वस्थ समेत भएका छन् ।


Advertisment
Nabil box
Kumari

यस्ता प्रवृत्तिले मानिसमा मानसिक स्वास्थ्य समस्या देखिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले बताए । ‘आफ्नो निन्द्रा नै बिग्रिने गरी रातभर नसुतेर विश्वकप हेर्दा मानसिक स्वास्थ्यमा असर पर्छ,’ उनले भने । 

Vianet communication

लोकान्तर डटकमको कार्यक्रम ‘लोकान्तर हेल्थ शो’मा कुराकानी गर्दै डा. ओझाले विश्वकप हेरेकै कारण मानसिक रोग देखिएको बताए । ‘केही दिन अगाडि विश्वकप हेर्दा आफूले समर्थन गरेको टीमले हारेपछि एक समर्थक बेहोस नै भएर टिचिङ अस्पतालको इमर्जेन्सीमा आएका थिए,’ उनले भने, ‘शरीरमा कुनै रोग देखिएन । वाइन खाँदै म्याच हेर्दा धेरै तनाव लिएर बेहोस भएका रहेछन् ।’

विश्वकप हेर्दा निन्द्रा नपुग्ने र समर्थन गरेको टीमले हार्दा धेरै चिन्ता लिने बानीले धेरै डराउने, निन्द्रा खल्बलिने, निराश हुने र डिप्रेसन समेत हुन सक्ने उनले बताए । डा. ओझाले आफूलाई पनि विश्वकप हेर्नमा रुचि रहेको बताउँदै आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर विश्वकप हेर्ने गरेको बताए ।

हेरौं डा. ओझासँग गरिएको भिडियो कुराकानी-

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x