×

NMB BANK
NIC ASIA

बुटवल, ८ असार - बुटवल उपमहानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ ।

Muktinath Bank

नेकपाका महासचिव विष्णु पौडेलले एक समारोहबीच आज कार्यालय भवनको शिलन्यास गरे । त्यसक्रममा उनले बुटवलको बुद्धकालीन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताए । आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उनले निर्माण कार्यमा नागरिकको पनि निगरानी र खबरदारी जरुरी रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने पौडेलको सुझाव थियो । लुम्बिनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासका लागि जुट्न जरुरी रहेको उनको भनाइ छ । ‘अहिले सरकारले समाजवादको वस्तुगत आधार तयार पार्ने गरी काम गरिरहेको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिकाले करीब ३ विगाहा जग्गामा गुरुयोजना बनाएर अत्याधुनिक कार्यालय भवन निर्माणको काम शुरू गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए  । सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलवासीको संकल्प अनुसार आफूहरू आवधिक र दीर्घकालीन महत्वका काममा केन्द्रीत रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले बुटवलको विकासमा सबैसँग हातेमालो गरिने बताए ।

Vianet communication

प्रमुख प्रशासनिकसहित अरु ६ वटा ब्लकमा भवन निर्माण गर्ने गरी गुरुयोजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिए  । आज शिलन्यास भएको भवन प्रमुख अर्थात् ‘ए ब्लक’ हो । अन्डरग्राउण्डसहित ४ तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । 

निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा आगामी २०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको इन्जिनियर गौतम रौनियारले जानकारी दिए । भवनमा रहेको अन्डरग्राउण्डमा १ सय ६ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्ने छ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा २ अलग–अलग स्थानमा लिफ्ट र २ वटै सिँढी रहने इन्जिनियर रौनियारले बताए । 

विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको बुटवलको हालको मूल भवन २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवनहरू प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x