×

NMB BANK
NIC ASIA

कालीगण्डकीको पानी लिफ्ट गरेर ल्याइँदै, फागुनदेखि तानसेनमा २४ सै घण्टा पानी

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा, ११ असार –तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने भएको छ । तानसेन कालीगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका बासिन्दालाई सुविधा उपलब्ध गराइने भएको हो । 

उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एकवर्षभित्र सो आयोजना निर्माणका सम्पूर्ण काम सकी पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिसेकेण्ड ४० लिटर पानी तान्ने क्षमतासहितको सो आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ । हाल तानसेनमा पाँच दिनमा एक घण्टा खानेपानी वितरण हुँदै आएको छ । 

कालीगण्डकी लिफ्टबाट दैनिक १८ घण्टा पम्प सञ्चालन गर्दा २४ लाख लिटर पानी तानसेनको बतासेडाँडामा आउनेछ । हाल तानसेनमा भुल्के, सिस्ने, तीनधारा र होलाङ्दीबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएकामा कालीगण्डकीको लिफ्ट खानेपानी योजना थपिएपछि दैनक ४० लाख लिटर हाराहारीमा पानी आपूर्ति हुने तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले बताउनुभयो । 

उक्त योजनाबाट अहिलेसम्म पानी तान्नका लागि विद्युत् जडानको काम सकिएको र पानी संकलनका लागि कालीगण्डकीमा इनार निर्माणको काम भइरहेको छ । पानी तान्न विभिन्न पाँचवटा स्थानबाट एक÷एक लाख लिटर ट्याकी निर्माण गर्नुपर्नेमा तीनवटा ट्याङ्की निर्माण गरिएको छ । दुईवटा निर्माणको चरणमा रहेको र आठ इन्चको पाइप जडानको काम भइरहेको निर्माण कम्पनीका साइट इन्जिनियर दीपक न्यौपानेले जानकारी दिनुभयो । 

रु ४० करोडमा निर्माण भइरहेको तानसेन रानीघाट लिफ्ट खानेपानी योजना संझौता बमोजिम २०७५ मंसिर ७ गतेभित्र सक्नुपर्ने छ । खानेपानी योजनाको काम युद्धस्तरमा भइरहेको छ । विसं २०७५ फागुन चैतभित्र तानसेनका जनतालाई कालीगण्डकीको पानी खुवाउने खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख केशवलाल शाक्यले बताउनुभयो । कालीगण्डकीको पानीले आगामी १५ वर्षका लागि अन्य स्रोत खोज्न नपर्नेमा उहाँले जोड दिनुभयो । 

तानसेन खानेपानी उपभोक्ता समितिले हाल निर्माण भइरहेको कालीगण्डकी लिफ्ट खानेपानी योजनाको निर्माणस्थलमा अवलोकन गराएको छ । निर्वाचित जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दल, पत्रकार, तथा सरकारी कार्यालयका प्रमुख, होटल व्यवसायी र उपभोक्ताले उक्त क्षेत्रको अवलोकन गरेका हुन् । 

कालीगण्डकीको पानी खान पाउने आशामा तानसेनवासीमा खुशियाली छाएको छ । सो कार्यका लागि नयाँधारा जडान गर्न निवेदन दिएको एक हप्तामै उपभोक्ताको घरमा धारा जडान हुने उपभोक्ता समितिले जनाएको छ । हाल तानसेनमा २० लाख लिटर पानीको आवश्यकता भएकामा दैनिक सात लाख लिटर आपूर्ति हँुदै आएको छ । –सुशीला रेग्मी/रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x