‘घुस्याहा’ प्रशासकीय अधिकृत कानूनी फन्दामा

असार ११, २०७५

काठमाडौं, ११ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृत सुरेशप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

२५ हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । प्रशासकीय अधिकृत दासमाथि गुणस्तरसम्बन्धी १० वर्ष पहिलेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ । उनीविरुद्ध आयोगले जरिवाना र कैद सजायको माग दाबी गरेको छ । 


ADVERTISEMENT

यसैगरी, आयोगले आजै ललितपुर महानगरपालिकामा कार्यरत खरिदार राजेन्द्र नेम्कूलविरुद्ध पनि ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । नियममानुसार लाग्ने घर कर मिलाइदिने भन्दै सेवाग्रहीसँग घुस मागेको अभियोग खरिदार नेम्कूलमाथि लागेको छ ।

असार ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस