एनआई सी एशिया बैंकद्वारा सोलार वत्तीहरु तथा सिसिटिभी क्यामरा हस्तान्तरण

असार २४, २०७५

काठमाडौं, २४ असार- एनआई सी एशिया बैंक लिमिटेडले उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएका सोलारवत्तीहरु तथा सिसिटिभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेकोे छ ।

 


ADVERTISEMENT

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बास्कोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बंैककाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथा सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेका हुन् । बैंकको सामाजिक उत्तरदायित्व सम्बन्धि यस्ता कार्यक्रमहरुले सम्बन्धित क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक कृयाकलापले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले प्रशंसा गरे । 

 

एनआइसी एशियाले मुलुकभर २ सय २५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ ।  बैंकको वासलातको आकार रू.१ सय ७६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १ सय ५० अर्ब पुगेको छ ।

 

यस्तै कुलकर्जा करिब रू. १ सय २० अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

असार २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस