×

NMB BANK
NIC ASIA

४८ जिल्ला पूर्ण खोप सुनिश्चित

असार २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रोल्पा- रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । 

पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

जिल्लामा खोप ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतिमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुशील आचार्यले बताउनुभयो । 

रोल्पासहित ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भइसकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि वसन्त श्रेष्ठले जानकारी दिनुभयो । सन् २०१८ भित्र देशका ७७ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसक्ने बताइएको छ । 

बागलुङ– बागलुङ पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । यहाँ सोमबार राष्ट्रिय खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य विभाग, बाल स्वास्थ्य महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले उक्त घोषणा गर्दै खोपकै कारण बाल तथा मातृ मृत्युदर घटेको बताउनुभयो । 


गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, प्रदेशसभाका सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायतले पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा निरन्तर कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । 

जिल्लाका सबै बालबालिकाले जन्मेदेखि १५ महिनाको उमेरभित्र पाउनुपर्ने ११ प्रकारका खोप पाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । यही असार १५ गतेसम्म जिल्लाका कूल नौ हजार ८७५ बालबालिका खोपको पहुँचमा आएका छन् । पन्ध्र महिनाको उमेरभित्र लगाउनुपर्ने खोप बालबालिकाले २३ महिनासम्ममा पूर्णरुपमा पाउने गरेका छन् । 

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले आगामी दिनमा पनि पूर्ण खोपको सुनिश्चिता गर्न सम्बद्ध सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले पूर्ण खोपको सुनिश्चितता कायम राख्न सबै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो । 

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले खोपलगायत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहमा पुगेको छ, भन्नुभयो । अपांगता हुने दर पनि पछिल्लो समय घटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एउटा बच्चाको खोपका लागि राज्यले रु ३० हजार लगानी गरेको छ ।” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले खोपसँगै नागरिकलाई प्रदान गरिने सबै स्वास्थ्य सेवाप्रति नगरपालिका संवेदनशील रहेको बताउनुभयो । 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले खोप कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न अनुगमन र सर्वेक्षणलाई थप सशक्त पारिने उल्लेख गर्नुभयो । यसअघि जिल्लाका नौ स्थानीय तहले छुट्टाछुट्टै रुपमा पूर्ण खोपयुक्त घोषणा गरेका थिए । बागलुङसँगै देशका ४८ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । 

लहान–सिरहाको लहानलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । लहान नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सो घोषणा गरेको हो । 

नगरपालिका क्षेत्र १ देखि २४ वटै वडाका सम्पूर्ण खोप लगाउने उमेर समूहका बालबालिकाले खोप पाएसँगै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिनुभयो । 

नगर प्रमुख मुनी साहको अध्यक्षतामा आयोजित घोषणासभामा प्रदेशसभा सदस्य लगनलाल चौधरीले पूर्ण खोप घोषणासँगै बालबालिकालाई नियमित खोप लगाउने चुनौती बढेको बताउनुभयो । सो अवसरमा पूर्ण खोप घोषणा गराउन योगदान गरेवापत स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x