दुई सातादेखि थाइल्याण्डकाे गुफामा थुनिएका १३ जनाको उद्धार

असार २६, २०७५

थाइल्याण्ड– थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । 
फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । 
नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो । 
नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।” 

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस