असार २, २०७५
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
काठमाडौं – फूटबलको २१औं विश्वविजेता तय हुन अब केही दिनमात्र बाँकी छ । अबका ३ खेलले विश्वविजेता टुंगो लगाउने छ । उपाधिको दौडमा ४ टोली (बेल्जियम, फ्रान्स, इंग्ल्याण्ड र क्रोएसिया) छन् ।
उपाधिका लागि निर्णायक भिडन्तमा स्थान बनाउने लक्ष्यका साथ मंगलबार बेल्जियम र फ्रान्स भिड्दैछन् । सेमीफाइनलको यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ ।
छिमेकका दुई चीरपरिचित प्रतिद्वन्द्वी
भौगोलिक सिमाना जोडिएका यी दुईदेश ७४ पटक एकअर्कासँग भिडेका छन् । फ्रान्सले आफ्नो फूटबल इतिहासमा बेल्जियमसँग जति खेल कसैसँग खेलेको छैन ।
७४ भेटमध्ये ३० भेटमा बेल्जियमले बाजी मार्दा २४ पटक फ्रान्स विजयी भएको छ । बाँकी खेल बराबरीमा टुंगिएका छन् ।
जारी विश्वकपमा बेल्जियमले शतप्रतिशत जीत दर्ता गर्दै आएको छ भने एक बराबरी खेलेको फ्रान्स पनि अपराजित छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे तथा बेल्जियमले ब्राजिललाई पराजित गरेका हुन् ।
उपाधिको प्रबल दाबेदार मानिएको दक्षिण अमेरिकी पावरहाउस ब्राजिललाई पराजित गरेको बेल्जियम उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका छन्– ‘हामी फ्रान्सविरुद्ध निडर भएर खेल्छौं ।’
फ्रान्स एकपटकको विश्वविजेता हो भने बेल्जियमका लागि सेमीफाइनल पुग्नु नै ठूलो उपलब्धि हो ।
स्टार खेलाडीहरूले भरिएको बेल्जियम पहिलो पटक विश्वकप उचाल्ने लक्ष्यमा छ ।
हेर्नलायक खेलाडी
केभिन डी ब्रुयने, बेल्जियम
म्यान्चेस्टर सिटीलाई इंग्लिस च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका डी ब्रुयने बेल्जियमको आक्रमणका आधार स्तम्भ हुन् ।
उनको खुट्टाबाट प्रहार भएको बलले जाली चुमे पनि नचुमे पनि गोलको आधार तयार पार्ने यिनै डी ब्रुयने हुने गरेका छन् ।
शुरुवाती खेलहरूमा मार्टिनेजले यिनलाई होल्डिङ मिडफिल्डरको भूमिकामा खेलाएका थिए । स्कोर सिटमा उनको नाम थिएन तर प्रदर्शन प्रशंसायोग्य नै थियो ।
ब्राजिलविरुद्ध उनलाई एट्याकिङ मिडफिल्डरको भूमिकामा मैदानमा उतारियो । उनले जीतमा निर्णायक गोल गरे ।
डी ब्रुयनेलाई 'बिग म्याच'को खेलाडी पनि भन्ने गरिन्छ । सिटीका लागि पनि ठूला र महत्त्वपूर्ण खेलमा उनको निर्णायक भूमिका रहने गरेको छ ।
डी ब्रुयनेका अलावा हजार्ड र लुकाकुको भूमिका पनि टीममा निकै महत्त्वपूर्ण छ ।
ग्रिजम्यान, फ्रान्स
७ नम्बर जर्सीधारी यी प्लेमेकर फ्रान्सको टीमका निकै महत्त्वपूर्ण सदस्य हुन् । स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट व्यवसायिक फूटबल खेल्ने ग्रिजम्यानले जारी विश्वकपमा ३ गोल १ एसिस्ट गरिसकेका छन् ।
बललाई जाली चुमाउने मात्र होइन गोलको आधार तयार पार्ने भूमिकामा पनि ग्रिजम्यान निकै महत्त्वपूर्ण छन् ।
उनका अलावा एमबाप्पे, जिरुड, पोग्वा, कान्तेजस्ता खेलाडीले पनि म्याचमा प्रभाव पार्न सक्छन् ।
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ...
काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...