प्रदेश समितिमा भागबन्डाको तयारी, पौडेल सहमत, सिंह र सिटौला मानेनन्

असार २७, २०७५

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र प्रदेश समितिको निर्वाचन गर्ने कि तदर्थ समिति बनाएर अघि बढ्ने भन्नेमा किचलो सुरु भएको छ ।नयाँ संरचनाअनुसारको प्रदेश समिति निर्माण गर्न विधान संशोधन गर्नुपर्ने भए पनि सो विषयमा संस्थापन र संस्थापनइतर पक्षबीच निर्वाचन गर्ने कि तदर्थ समिति बनाएर अघि बढ्ने भन्नेमा फेरि किचलो सुरु भएको हो । पार्टीको विधान संशोधनका लागि भने महासमिति बैठक आवश्यक पर्छ ।
हेटौंडामा सम्पन्न जिल्ला सभापतिको भेलाको म्यान्डेटअनुसार प्रदेश समिति निर्वाचनमार्फत तत्कालै गठन गर्ने भन्ने निर्णय भएको भए पनि पार्टी नेतृत्व भने भागबन्डामा नै समिति बनाउने तयारीमा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा सकेसम्म सहमतिबाटै भागबन्डा गरेर प्रदेशको संरचनाको भर्पाइ गर्ने पक्षमा लागेका छन् । त्यसका लागि उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रस्तावसमेत गरिसकेका छन् । सो प्रस्ताव सभापतिबाट आएपछि गत आइतबार वरिष्ठ नेता पौडेलले आफ्ना पक्षमा रहेका भनिएका नेतालाई बोहोराटारस्थित आफ्नै निवासमा डाकेर छलफलसमेत गरेका छन् ।
तर, पूर्वमहामन्त्रीसमेत रहेका उनकै खेमाका भनिएका नेता प्रकाशमान सिंह, शेखर कोइराला र अर्जुननरसिंह केसीसहित अर्का खेमाका नेता कृष्ण सिटौलाले समेत सहमत नहुने भन्दै निर्वाचनमा नै जोड दिएपछि प्रदेश समिति गठनमा विवाद भएको हो । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 


असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार