मौद्रिक नीति : घट्यो बैंकहरूले लिने र दिने ब्याजदरको अन्तर [पूर्णपाठ]

असार २७, २०७५

काठमाडौं– बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड दर) घटेको छ ।

नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ५ प्रतिशत रहेको स्प्रेड दरलाई ४ दशमलव ५ प्रतिशतमा झारेको हो ।

२०७० असोजबाट स्प्रेड दर कार्यान्वयन शुरु गरेको राष्ट्रबैंकले पाँच वर्षपछि स्प्रेड दरमा पुनरावलोकन गरेको हो ।

यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।

बढाउनुपर्ने पक्षमा रहेका बैंकहरूले स्प्रेड दर घटेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मौद्रिक नीतिमा सुझाव दिने क्रममा बैंकहरूले स्प्रेड दर ६ प्रतिशत माथि बनाउन भनिरहेका थिए ।

बैंकहरूको नाफा उच्च भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्र बैंकलाई ब्याजदर अन्तर नियन्त्रण गर्न भन्दै आएको थियो । 

हेर्नुहोस्, पूर्णपाठ :

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस