विश्वकप सेमिफाइनल खेलिरहेको क्रोएशियाका बारेमा तपाइँलाई थाहा छ ?

असार २८, २०७५

विश्वकप फुटबल जब शुरु भएको थियो तब मानिस ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र जर्मनीको पक्षमा नारा लगाउँथे । तर केही दिनमा थाहा भयो कि यो खेल(फुटबलले) आश्चर्यमा पार्न पछि पर्दैन । 

तपार्इं कोही नायक बन्ने सोचिरहनु भएको थियो होला । विश्व कपमा उ चम्कने छ भनेर । तर पुराना नायक बाहिर भएका छन् र नयाँ नायक चम्किएका छन् । 


विश्व कपमा फाइनलमा स्थान बनाएको फ्रान्सले स्पस्ट पारेको छ कि उसबाट च्याम्पियनको ट्रफी लैजान सजिलो छैन । 

दुई टीम आमने सामने भएका छन् । जो सपना देखिरहेका छन् कि कप उठाउनका लागि फ्रान्ससँग भिड्नेछन् र भाग्यले साथ दिए विश्वको सबैभन्दा प्रतिष्ठित खेल पुरस्कार उनीहरुसँग हुनेछ । 
उनीहरु हुन् इग्ल्याण्ड र क्रोएशिया । 

सन् १९६६ मा एकमात्र विश्वकप जितेपछि इग्ल्याण्डमा ‘इट्स कमिङ होम’ को नारा लागि रहेको छ । उनीहरुले विश्वकपले यसपटक लण्डनको यात्रा गर्ने विश्वास लिएका छन् । 

कहाँ छ क्रोएशिया ?

अर्को तर्फ क्रोएशिया छ । 

४० लाख जनसंख्या रहेको यो देशका हरेक बासिन्दा आफ्नो टीमको यो सफलतालाई सहजै लिन सकिरहेका छैनन् । 

उनीहरु नर्भस छन् यो सोचेर कि इग्याण्ड विरुद्ध हारिए मनलाई कसरी बुझाउने भनेर र जितिहाले इतिहासको बनाउने नजिक पुगिन्छ भनेर । 

स्पष्ट छ कि सेमिफाइनमा पुगेका दुबै टीमका लागि यो खेल कति जरुरी छ भन्ने हामीलाई थाहा छ । तर विश्वभरका फुटबल फ्यान इग्ल्याण्डको बारेमा धेरै जान्दछन् भने क्रोएशियाको बारेका कम । 

क्रोएशिया स्वयं पनि यो कुराको जवाफ दिन सक्दैन कि स्वतन्त्रतापछि अहिलेसम्म खेलिएका ६ मध्ये पाँच विश्वकपमा स्थान बनाएको र १९९८ मा सेमिफाइनसम्म कसरी पुग्यो भनेर । 

बेलायती पत्रिका द सनका अनुसार फुटबलका जानकार मान्छन् कि पूर्ववर्ती युगोस्लावियाको एकेडेमी सिस्टमका कारण कम समयमा क्रोएशियाले फुटबलमा नाम कमाएको हो । 

सन् १९८७ मा चिली मा खेलिएको विश्वकप अण्डर २० च्याम्पियनशिप जितेर उसले विश्वमा धमाका गरिदिएको थियो । जबकी स्वतन्त्र देशको रुपमा पहिलो खेल खेल्न त्यसपछि उसलाई सात वर्ष लाग्यो । 

चिली, ब्राजिल तथा बेस्ट जर्मनी जस्ता शक्तिशाली टीमलाई हराएपछि युगोस्लाविया सबैभन्दा शानदार युवा टीमको रुपमा लिइएको थियो तर त्यो सत्य बन्न सकेन । 

चार साल पछि १९९१ मा बाल्कन युद्ध भयो ।  त्यसको सात वर्षपछि १९९८ मा फ्रान्समा खेलिएको विश्वकपमा रातो र सेतो चेक जसी लगाएका खेलाडीले विश्वलाई बताएकी क्रोएशियाको सपना कति ठूलो छ भन्ने । 

रग्ताम्मे युद्ध सकिएको तीन वर्षपछि मिलेको यो खुशी क्रोएशियाका लागि छायाँबाट निस्किएर आफ्नो ठाउँ बनाउने दिशामा कोशेढुंगा सावित भयो ।

डिनामो जाग्रेब एकेडेमीको नाम आवश्यक छ किनकी उसले लुका मोड्रिक, हेजान लोवरन, सिमे विरास्लाजको, मारियो मान्जुकि तथा मातेओ कोवासिच जस्तो खेलाडी उत्पादन गरेको छ । 

फुटबलको बाहनामा क्रोएशियालाई धेरैले चिन्ने मौका पाएका छन् । यो देश मध्य तथा दक्षिण पूर्व युरोपको बीचमा रहेको छ । यो एड्रियाटिक सागरको नजिक रहेको छ । 

क्रोएशियाको राजधानीको नाम जाग्रेब हो । सन् १९४१ मा जानी जर्मनीको अगुवाइमा ध्रुवीय शक्तिले युगोस्लावियामाथि कव्जा गरे तब क्रोएशियाका धेरैजसो हिस्सा नाजी समर्थक वाला क्लाइन्ट स्टेटमा गएको थियो । 

यसपछि शुरु भएको विरोधमा फेडरल स्टेट अफ क्रोएशिया बन्यो । यसपछि सोशलिस्ट फेडरल रिपव्लिक अफ यूगोस्लावियाका संस्थापक सदस्य तथा संघीय घटक बन्यो । 

साल १९८१ देखि १९९१ बीच क्रोएशिया, युगोस्लावियाको हिस्सा रहेको थियो । १९९१ मा क्रोएशियामा लडाइँ स्लोबेनियामा युद्धपछि भएको थियो । 

तर पहिला सोभियत रुस र फेरि युगोस्लावियाका सम्बन्ध र त्यस कारकाण उत्पन्न परिस्थितिका कारण क्रोएशियाले ठूलो मूल्य चुकाउनु परेको थियो । 

तनावका बीच क्रोएशियाले २५ जुन १९९१ मा स्वतन्त्रताको घोषणा गरेको थियो । यस क्रममा भएको युद्धमा लाखौं मानिस मारिए । 

जनवरी १९९२ मा क्रोएशियालाई यूरोपिय इकोनोमिक कम्युनिटिले मान्यता दियो र यसपछि संयुक्त राष्ट्रसंघले पनि उसलाई मान्यता दियो । अगस्ट १९९५ मा युुद्ध सकियो । 
 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस