×

NMB BANK
NIC ASIA

थाइल्यान्डको गुफाबाट उद्धारको भिडियो फूटेज जारी

असार २८, २०७५

NTC
Premier Steels

काठमाडौं – थाइल्यान्डको गुफामा फसेका अन्डर १६ फूटबल खेलाडीलाई बचाउनका लागि चलाइएको अभियानसम्बन्धी भिडियो फूटेज जारी गरिएको छ ।

भिडियोमा गोताखोरहरू गुफामा फसेका किशोरहरूलाई बाहिर ल्याइएको भिडियोमा देखिन्छ । थाइ नेभी सीलको फेसबूक पेजमा जारी यो भिडियोमा वेटसुट लगाएका उद्धारकर्मीले स्ट्रेचरको सहायताले गुफामा फसेका किशोरलाई निकालेका हुन् । 

थाइल्यान्डको मेडिकल टीमले बताएअनुसार, १२ किशोर र उनीहरूका प्रशिक्षकको तौल दुई किलोसम्म घटेको छ । तर उनीहरू सबैको स्वास्थ्य ठीक छ । 

Muktinath Bank

उद्धारकर्मीहरूमा थाइ र विदेशीहरू पनि छन् । उनीहरू गुफामा फसेका किशोरलाई सुरक्षित निकाल्नका लागि डोरी र रबरको पाइपका साथै अन्य उद्धार उपकरणको उपयोग गरेको देखिन्छन् । 

मेडिकल टीमका एक सदस्यले पत्रकार सम्मेलनमा भने, ‘केही किशोरहरूलाई निमोनिया भएको छ तर कसैलाई पनि गम्भीर समस्या छैन ।’

उद्धार अभियान मंगलवार अन्तिम चार बच्चालाई बाहिर निकालेपछि पूरा भयो । 

फूटबल टीम वाइल्ड बोअर्सका पाँच सदस्यमा हाइपोथर्मियाको लक्षण पाइयो किनकि उनीहरू गुफामा १८ दिनसम्म कठिन परिस्थिति र चिसो तापक्रममा बस्नुपरेको थियो । 

फसेका किशोरहरूलाई असार २४ देखि २६ सम्म तीन अलग अलग समूहमा गुफाबाट बाहिर निकालियो । 

किशोरहरू र उनीहरूका प्रशिक्षकलाई गुफाबाट सुरक्षित बाहिर ल्याइँदा थाइल्यान्डमा खुशी छाएको छ । 

किशोरहरूलाई भिटामिन सप्लिमेन्टका साथै चामल र चिकनको हलुका भोजन दिइएको छ । किशोर र प्रशिक्षकको उत्साह कायम छ र अस्पतालबाट निस्कनुअघि उनीहरू कम्तीमा एक हप्ता स्वास्थ्य निगरानीमा रहनेछन् ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x