भक्तपुरमा २४ वर्षपछि ठूलो बाढी, निकास साँघुरो हुँदा सयौं घर डुबानमा

असार २८, २०७५

भक्तपुर – झण्डै साढे २ दशकपछि आएको ठूलो बाढीका कारण भक्तपुरको ठिमी क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

बुधवार मध्यरातिदेखिको अविरल वर्षाका कारण भक्तपुरको ठिमी र राधेराधे क्षेत्रका सयौं घर डुबानमा परेका हुन् ।


ADVERTISEMENT

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीले २४ वर्षपछि त्यस क्षेत्रमा ठूलो बाढी आएको बताए । ‘विगतका वर्षहरूमा पनि यस्तो बाढी आउने गरेको थियो, तर यसपटकको बाढी २०५१ पछिको ठूलो हो,’ ज्ञवालीले लोकान्तरसँग भने ।

हनुमन्ते खोलाको निकास साँघुरो भएका कारण राधेराधे क्षेत्रमा पटक–पटक डुवानको समस्या हुने गरेको छ । ‘ब्लक कारखाना क्षेत्रमा आवासीय क्षेत्र नबनाउन भनेर २०६९ सालमा निर्देशन दिएका थियौं,’ उनले भने, ‘नगरपालिकाले नक्सापास नगरेपनि अनुमतिबेगर घर बनाउने गरेका छन् ।’

जग्गा दलालले हनुमन्ते खोला मिचेर जग्गा प्लटिङ गरेका कारण खोला साघुरो हुँदा बाढी पसेको स्थानीयहरू बताउँछन् ।

यसअघि जग्गा दललाले हनुमन्तेको बहाब फर्काएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार