×

NMB BANK
NIC ASIA

विश्वकपको गोल्डेन ग्लोभ्समा बेल्जियमका कोर्टोआको दाबी प्रबल, सुभासिच र पिकफोर्ड पनि दौडमा

असार २८, २०७५

NTC
Premier Steels

काठमाडौं – फूटबल विश्वकपमा आइतवार गोल्डेन बूट, गोल्डेन बल र गोल्डेन ग्लोभ्स पाउने खेलाडीको नाम घोषणा गरिनेछ । 

इंग्ल्यान्डका ह्यारी केनले ६ गोल गरेर गोल्डेन बूटमा दाबेदारी पेश गरेका छन् । 

उता गोलकीपरहरूले पाउने गोल्डेन ग्लोभ्स पुरस्कारको दौडमा बेल्जियमका थिबाउ कोर्टोआ सबभन्दा अघि छन् । उनले ६ म्याचमा २२ गोल बचाए । 

तर उनलाई इंग्ल्यान्डका जोर्डन पिकफोर्ड, फ्रान्सका ह्युगो लोरिस र क्रोएसियाका डेनियल सुबासिचले कडा चुनौती दिएका छन् । यी सबै गोलकीपरहरूले महत्त्वपूर्ण अवसरमा आआफ्नो टीमलाई जिताउनका लागि भूमिका खेलेका थिए । 

ब्राजिलविरुद्धको खेलमा त कोर्टोआ एक्लैले १२ गोल बचाए । त्यसैको परिणामस्वरूप ब्राजिललाई हराएर बेल्जियम सेमिफाइनलमा पुग्यो । 

अनि पिकफोर्डले कोलम्बिया र स्विडेनविरुद्ध उत्कृष्ट सेभ गरे । कोलम्बियाविरुद्धको पेनाल्टी शूटआउटमा उनले गोल बचाएकैले इंग्ल्यान्डले पेनाल्टी शूटआउटमा हार्ने खराब रेकर्डलाई पन्छाउँदै अघि बढ्न सफलता पाएको थियो । उनले ६
खेलमा कुल १० गोल बचाएका छन् ।

त्यस्तै लोरिस फ्रान्सका कप्तान र गोलकीपर हुन् र उनले फ्रान्सविरुद्ध गरिएका ७३ प्रतिशत गोल बचाएका छन् । आफ्नो टीमविरुद्ध गोल हुन नदिनका लागि उनी २१ किलोमिटर मैदानमा दौडिए । 

सुबासिचले क्रोएसियाका लागि प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलमा पेनाल्टी शूटआउटमा गोल जोगाएर टोलीलाई जिताए भने सेमिफाइनलमा पनि उत्कृष्ट सेभहरू गरे । रुसविरुद्धको खेलमा त चोटग्रस्त हुँदाहुँदै पनि उनी मैदानमा टिकिरहे ।
त्यसैले गर्दा क्रोएसिया फाइनलमा पुग्यो । सुबासिचले क्रोएसियाविरुद्धका ८० प्रतिशत गोल छेकेका छन् ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x