कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
असार २८, २०७५
काठमाडौं–मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका छन् ।
उनले भने,‘स्वास्थ्य मन्त्रालय र भवन विभागमा पहिलोपटक दर्ता भएर सम्पूर्ण मान्यताहरु पूरा गरेर सुदुरपुर्वमा मैले मेडिकल कलेज खोल्दा गोविन्द केसी र उनका अनुयायीहरुले मलाई माफिया भन्ने गरेका छन्, मैले कसैको पैसा लुटेको होईन, बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्छ, खाली माफिया, माफिया भनेर भनेका छन्, लेखेका छन्, अरु मेडिकल कलेजहरुले गल्ति गरेका छैनन् भन्दिन तर गल्ति नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’
उनले अघि थपे,‘२०६८ पुस १४ गते मलाई सरकारले नै बोलाएर एल.ओ.आई दिएको थियो, त्यसपछि मैले मेडिकल कलेजको काम गरेको हुँ, त्यही एल.ओ.आई देखाएर बैंकबाट ऋण लिएको छु, अहिलेपनि ऋणमा छु, के सुदुरपूर्वमा खोलिएको बि.एण्ड.सी को सम्बन्धन रोक्दा देशको स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ ? पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार गर्दा मैले अपराध गरें ? हिजोका दिनहरुमा त्यस क्षेत्रका मानिसहरु भारतको सिलगुढि उपचार गर्न जान्थे, कति छोरीचेलीहरु बलात्कार हुन्थे, आज त्यो समस्या दुर भएको छ, बोरामा बोकेर ल्याएका खुट्टाहरु जोडेर बिरामीलाई घर पठाएका छौं, टाउकाका गोलीहरु निकालेका छौं, वर्षमा १२ करोड बराबरको निःशुल्क उपचार गरेका छौं, राज्यलाई करोडौं रुपैयाँ कर तिरेका छौं ।’
स्वास्थ्यमा भ्याट छुट गर्नुपर्छ भन्ने माग गर्दै प्रसाईले स्वास्थ्य क्षेत्रमा लगानी बृद्धि गर्नुपर्नेमा समेत जोड दिए ।
उनले भने,‘बि एण्ड सि नेपालकै राम्रो अस्पताल हो, हाम्रोभन्दा धेरै लगानी गरेर डा. उपेन्द्र महतोले ललितपुरको भैसेंपाटीमा नेपाल मेडिसिटी खोल्नुभएको छ, हजारौंलाई रोजगार दिनुभएको छ, के अब सबै लागेर त्यो अस्पताल भत्काउने ? जुन अस्पताल दिल्लीको मेदान्तभन्दा राम्रो छ, बिदेशीहरु पढ्न र उपचार गर्न आउने वातावरण हाम्रै मेडिकल हुन, हामीलाई नै राज्यले यसरी किन लखेटिरहेको छ ? मेरो काठमाडौंमा राम्रै घर छ, छोराछोरी डाक्टर पढेका छन्, मलाई सम्पति चाहिएको छैन्, म त जे सक्छु र जति सक्छु देशको लागि गर्छु भनेर लागेको हुँ ।’
उनले अघि थपे,‘म ०५६ सालबाट जनयुद्धमा होमिएको र ६ महिना सैनिक हिरासत भोगेको मानिस हुँ, समाजवादको लागि यो मेडिकल सरकारी बनाउनुपर्छ भने पनि म तयार छु, सरकारले चलाउने हिम्मत राख्छ भने अहिले नै छोड्न तयार छु, गोविन्द केसीले उपत्यकामा मेडिकल कलेज खोल्न पाईदैन भन्नुभयो, मैले सुदुरपूर्वमा खोलें आज उहाँ मेरो कलेजलाई र मनमोहन मेडिकल कलेजलाई रोक्न उद्धत रहुनभएका कारण मैले उहाँको अनशनलाई राम्रो नभनेको हुँ, हो, उहाँका जायज मागहरु पूरा हुनुपर्छ, छानविन गरेर मापदण्ड नपुगेका मेडिकल कलेजमाथि कारबाही गर्नुपर्छ, यो मेरा पनि माग हो ।’
वाम एकताको लागि आफूले पनि केही भूमिका खेलेको स्विकार गर्दै तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बि एण्ड सिको सम्बोधन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेकोपनि उनले गुनासो पोखे ।
प्रसाईले थपे,‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरी आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, काँग्रेस, साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु, बिरोधको लागि बिरोध नगरौं, बिना कारण कसैलाई माफिया नभनौं, मुलुकको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट लागौं मेरो भन्नु यत्ति हो ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...