ने क पामा २ हजार बढीको जम्बो केन्द्रीय परिषद्

असार २९, २०७५

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को केन्द्र्रीय परिषद् २ हजारभन्दा ठूलो संख्याको जम्बो बन्ने भएको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबाट बनेको ने क पाको केन्द्रीय परिषद् राष्ट्रिय महाधिवेशनपछि पार्टीभित्रकै सबैभन्दा ठूलो संख्याको केन्द्रीय निकायसमेत हुने भएको छ ।
दुई पार्टी एकतापछि पहिलोपटक ३ जेठमा बसेको पार्टी केन्द्रीय समितिद्वारा पारित अन्तरिम विधान र बिहीबार बसेको सचिवालय बैठकबाट पारित पार्टीको नियमावलीअनुसार ने क पाको केन्द्रीय परिषद् २ हजारभन्दा ठूलो बन्ने भएको हो ।


ने क पाको विधानमा केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च हुने उल्लेख छ । जसमध्ये केन्द्रीय परिषद् राष्ट्रिय महाधिवेशन सबैभन्दा ठूलो संख्याको केन्द्रीय निकायमा राष्ट्रिय परिषद् गठन हुने भएको हो ।

ने क पाको विधानअनुसार केन्द्रीय परिषद्मा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय कमिटीले आफ्नो कुल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी नहुनेगरी अध्यक्ष र सचिव तथा सदस्यहरूमा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू, जिल्ला कमिटीका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, जनवर्गीय संगठनकाका केन्द्रीय अध्यक्षहरू र उपयुक्त पदेन सदस्य संख्याको २५ प्रतिशतभन्दा बढी नहुनेगरी केन्द्रीय कमिटीबाट मनोनीत सदस्यहरू केन्द्रीय परिषद्का सदस्य हुने व्यवस्था गरिएको छ ।ने क पाको केन्द्रीय कमिटी ४४१ सदस्यीय छ भने केन्द्रीय आयोगमा अध्यक्ष र सचिवसहित नौ सदस्यीय हुने व्यवस्था छ । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

असार २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस