×

NMB BANK
NIC ASIA

सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद, कारण यस्तो

असार २९, २०७५

NTC
Premier Steels

–उमा केसी 
रोल्पा– त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ । 

Muktinath Bank

उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै स्थानीयवासीले विरोध गरेपछि विवाद शुरु भएको हो । उद्योग स्थापना गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर दिने, उद्योगबाट उत्सर्जन हुने धुवाँधुलोको व्यवस्थापन गर्दै पर्यावरणीय सन्तुलन कायम राख्ने, विकासका सबै गतिविधि वातावरणमैत्री बनाउने लगायत विषयमा उद्योगले स्थानीयवासीसँग सम्झौता गरेको थियो । लामो समय बितिसक्दा समेत उद्योगले सम्झौता कार्यान्वयन नगरेपछि स्थानीयवासी आक्रोशित भएको स्थानीयवासी मोहन परियारले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासीले पुस्तौंदेखि उपभोग गरिरहेको खानेपानीको मुहानबाट जबर्जस्ती पानी लगेको कारण उनीहरु थप आक्रोशित भएका हुन् । विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासी, स्थानीय सरकार र अन्य सरोकार भएकाहरुसँग समेत उद्योगले दूरी बढाउँदा असहजता बढेको परियारले बताए । उद्योगले ज्यालामा समेत विभेद गरेको स्थानीयवासीको आरोप छ । 


Advertisment
Nabil box
Kumari

सम्झौता कार्यान्वयन नगरिए कारखाना बन्द गराउनेसम्मको तयारीमा स्थानीयवासी रहेको बताइएको छ । उद्योगको कच्चा पदार्थ उत्खननका समयमा बिग्रिएका खानेपानीका मुहानको अझै मर्मत नगरिएको स्थानीयवासी सन्तोष शर्माले बताए । सिमेन्ट रोल्पामा उत्पादन भए पनि जिल्ला बाहिर बिक्री हुँदा जिल्लावासीले महँगो ढुवानी खर्च तिरेर बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । 

Vianet communication

उद्योगले स्थानीय सरकारसँग समेत समन्वय नगरी आफूखुशी काम गरिरहेको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले आरोप लगाए ।  “समन्वयका लागि पटक पटक आग्रह ग¥याँै तर आफुखुशी काम गरिरहेको छ”, ओलीले भने, “गाउँपालिका क्षेत्रबाट दाङतर्फ ढुंगा ढुवानी गरेको पाइएकाले हामीले निकासी कर उठाउँदा उद्योगले अख्तियारमा मुद्दा दायर गरेको छ ।स्थानीयसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुको विकल्प छैन ।” 
उद्योगले दाङतर्फ ढुवानी भइरहेको ढुंगा रोक्का गरी पाउन गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकाले आफूले तत्कालका लागि ढुंगा ढुवानी बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गजबहादुर एमसीले बताए । 
 उद्योगको स्थानीय जनता, स्थानीय सरकार, स्थानीय टिपर व्यवसायी र राप्ती माइनिङ कन्ट्रक्सनसँगसमेत विवाद रहेकाले आफूहरुको पहलमा उक्त विवाद मिलाउने प्रयास गरिएको एमसीको भनाइ छ । स्थानीयवासीसँग गरिएका प्रतिबद्धता पूरा गरेर सहज ढंगले काम गर्ने वातावरण मिलाउन एमसीले उद्योगलाई सुझाव दिए । 

उद्योगले स्थानीय जनतासँग गरेका शर्त पालना नगरेको तथा अन्य सरोकार भएकाहरुसँगसमेत सौहार्दता कायम गर्न नसकेको जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बूढाले बताए । 
उद्योगको गतिविधिप्रति स्थानीय जनता र अन्य सरोकार भएकाहरुसमेत सन्तुष्ट छैनन् । उद्योग, माइनिङ कन्ट्रक्सन र स्थानीय जनतासँग छलफल गरी विवाद हल गर्ने गरी सम्झौता गरिएको बूढाले बताए ।  माथिको पहँुचका आधारमा उद्योगले स्थानीयवासीसँग समन्वय नगरी आफुखुशी काम गर्न खोजेकाले समस्या बढेको हुन सक्ने प्रमुख बूढाको भनाइ छ । 

केही महिना यता मात्रै उद्योग किनेर सञ्चालन गर्न थालेकाले यसपूर्व भएको सम्झौताबारे आफूहरुलाई जानकारी नभएकाले साझा बुझाइमा समस्या आएको उद्योगका प्रशासन तथा अप्रेशन प्रमुख टेकबहादुर गुरुङले प्रतिक्रिया दिए ।  उद्योगमा ५० प्रतिशत बढी स्थानीय कर्मचारी रहेको बताउँदै केही विशेषज्ञ जनशक्ति जिल्लामा नपाइने भएकाले बाहिरबाट ल्याउनुपरेको उनले बताए ।  स्थानीय जनताका लागि रोजगारीका अवसर सिर्जना गर्ने कुरामा आफूहरु संवेदनशील रहेको गुरुङको भनाइ छ । 

उद्योगबाट निस्कने धुलोधुवाँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराले आफूहरुलाई पनि गम्भीर बनाउने रहेको बताउँदै उनले यसको न्यूनीकरणका लागि सामान खरीद गरिन लागेकाले निकट भविष्यमा यो समस्या हल हुनेमा आफूहरु आशावादी रहेको बताए । 
 राप्ती माइनिङ कन्ट्रक्सन र सिमेन्ट उद्योगबीच मुख्य विवाद रहे पनि स्थानीय बासिन्दा र स्थानीय सरकारसँग पनि विवाद जोडिनु दुःखद् रहेको गुरुङले बताए । बिजुलीको भरपर्दो व्यवस्था नहुनु र कच्ची सडकमा भारी सवारी साधन चलाउन नसक्ने अवस्था रहेका कारण उद्योग सञ्चालनमा आफूहरुले पटक पटक समस्या भोग्दै आएको गुरुङले दुखेसो पोखे , 

विसं २०६६ मा स्थापित उद्योगले दैनिक दुई हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । सयभन्दा बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदूरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जान्छ । निर्माणका लागि गुणस्तरीय मानिने सो सिमेन्ट रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेतलगायत जिल्लामा खपत हुँदै आएको उद्योगले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x