×

NMB BANK
NIC ASIA

दोहोरो पेलानमा तिनाउ पुल : उत्खनन र सवारीसाधनको उच्च भारले संकटमा

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – जथाभावी उत्खननले कमजोर बन्दै गएको पूर्वपश्चिम राजमार्गको मुख्य भागमा पर्ने बुटवलको तिनाउ पुलमा दैनिकजसो ट्राफिक जाम हुन थालेको छ ।

Muktinath Bank

कमजोर पुलमा दिनहुँ हुने जामको समस्याले दुर्घटनाको जोखिम समेत बढाएको छ । सवारीसाधनको वृद्धिसँगै पुलमा जाम हुन थालेको ट्राफिक प्रहरीको भनाइ छ । नगर भित्रका सडक विस्तार गरिएपनि पुल पुरानै अवस्थामा छ । बुटवल ५ नम्बर प्रदेशको अस्थायी राजधानी भएसँगै सेवाग्राही बुटवल केन्द्रित हुँदा सवारीसाधनको चाप बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनाउ पुल २०३८ सालमा बनेको हो । पछिल्लो समय बुटवलमा हुने जामको समस्या तिनाउ पुल बन्न पुगेको छ । तिनाउ पुल भएर दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने गर्छन् । डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर रमेश जैसवालले पछिल्ला वर्षमा थपिएका सवारीसाधन र सडक विस्तारको क्षमता तिनाउ पुलले थग्न नसक्ने अवस्थामा पुगेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘साँघुरो पुलका कारण गाडीको ठक्करबाट रेलिङ भाँचिने गरेका छन् । बुटवल बजारको सडक फराकिलो छ  । तीव्र गतिमा आउने सवारीसाधन साँघुरो पुलमा आएपछि रोकिन्छन् । लामवद्ध भई पुल वारपार गर्दा जाम हुने गर्छ ।’

Vianet communication
Laxmi Bank

जामको समस्याले गर्दा तिनाउ पुलमा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले २ जना ट्राफिक प्रहरी खटाउन थालेको छ । तिनाउ पुलको विकल्पमा निर्माणाधीन हात्तीसुँढ र गणेशथानको पुल अलपत्र अवस्थामा छन् । बन्दै गरेका २ पुल निर्माण सम्पन्न भएपछि मात्र तिनाउ पुलमा सवारीसाधनको चाप घट्ने छ । तर, दुवै पुल अहिले अलपत्र अवस्थामा छन् । २ सय २६ मिटर लामो पुल २ लेनको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकी पुलको विकल्प छिटो खोज्नुपर्ने बताउँछन् । ‘पुल अति साँघुरो भयो, यसको विकल्पका रूपमा अरू पुल छैनन्,’ डीएसपी बुढाथोकीले लोकान्तरसँग भने, ‘पश्चिमबाट काठमाडौंदेखि पूर्व जाने गाडीहरू पनि यही पुल प्रयोग गर्छन् ।’

बुटवल पारी जाने, ई–रिक्सा, साइकल, ठेला, पैदल यात्रु सबैको एउटै विकल्प तिनाउ पुल बन्यो । जसले गर्दा हरेक दिन जाम हुन थालेको उनले बताए । कहिलेकाही पुलमा सवारीसाधन बिग्रिएर बाटो खुलाउन ४÷५ घण्टासम्म जाम हुने गरेको छ ।

डीएसपी बुढाथोकीले थपे, ‘तिनाउको विकल्पका रूपमा निर्माणाधीन पुलहरू छिट्टो सम्पन्न गरी सञ्चालनमा ल्याउनुको विकल्प छैन । अन्यथा पुलले ठूलो दुर्घटना समेत निम्ताउने खतरा छ ।’ पुलमा बिहान र बेलुका अझै बढी जाम हुने गर्छ । जसले गर्दा सवारीसाधन व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । तिनाउ नदी तथा पुलको बारेमा लामो समयदेखि अध्ययन गरेको विज्ञ तथा इन्जिनियर खेटराज दाहालले तिनाउ पुल जुनसुकै बेला ढल्न सक्ने बताउँछन् ।

‘नदीको गहिराइ बढ्दै जाँदा पुललाई अड्याउने फाउन्डेसन साढे ४ मिटर देखिएको छ,’ दाहालले भने, ‘पुल धेरै कमजोर भएको छ । जतिसुकै बेला जे पनि हुन सक्छ । त्यसैमाथि सवारी जाम हुन थालेको देखियो । पुलको तत्काल विकल्प खोज्नुपर्छ ।’

बढ्दो दोहन र वर्षायामको बाढीले नदी गहिरिँदै जाँदा पुलका पिल्लर (खम्बा) को फाउन्डेसन करीब साढे ४ मिटरसम्म देखिन थालेका छन् । चुरे क्षेत्रबाट भेल बनेर आउने पानीका लागि सहज निकास नपाउँदा तिनाउ नदी प्रत्येक वर्ष गहिरिँदै गएको छ ।

गत वर्ष ठूला–ठूला खाल्डा परेर जीर्ण बनेको पुल सामान्य टालटुल गरिएको थियो । अहिले फेरि पुलमा सामान्य खाल्डाखुल्डी देखिन थालेका छन् । जसले गर्दा पुलमा एकसाथ धेरै सवारीसाधन चल्दा पुल हल्लिने गर्छ । कमजोर पुलले धेरै भार थेग्न सक्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x