×

NMB BANK
NIC ASIA

बुटवल – विगत लामो समयदेखि सञ्चालनमा रहेको रिक्सा व्यवसायी संघ अबदेखि हरियाली यातायात कम्पनीको रूपमा सञ्चालनमा आएको छ ।

Muktinath Bank

नेपाल सरकारले यातायात क्षेत्रको सिण्डिेकेट खारेज गरी यातायात क्षेत्रका संघसंस्थालाई कम्पनीका रूपमा सञ्चालन गर्न निर्देशनसँगै संघले पनि हरियाली यातायात कम्पनीको रूपमा आफ्नो कार्य सञ्चालन गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघले आगामी साउन १ गतेदेखि हरियाली यातायात कम्पनीका रूपमा आफ्नो कार्य सञ्चालन गर्ने शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कम्पनीको सञ्चालक समिति ५ सदस्यीय रहेको छ । जसमा कृष्णप्रसाद तिवारी, गोपाल रिजाल, लालबहादुर राई, देवानन्द चापागाई र सरिता केसी रहेका छन् । कम्पनीको कार्यालय रिक्सा व्यवसायी संघ रहेको साविक कार्यालय बुटवल–९ मिलन चोकमा नै रहने छ । 


Advertisment
Nabil box
Kumari

ठूला यातायात व्यवसायीहरू अझै कम्पनीका रूपमा सञ्चालन गर्न तदारूपता नदेखाएको बेला संघले आफूलाई यातायात कम्पनीका रूपमा रूपान्तरण गरेको हो । कम्पनीको सञ्चालन पूँजी १ लाख रूपैयाँ राखिएको छ ।

Vianet communication

कम्पनीमा हाल ३ सय ५० अटो रिक्सा दर्ता भई सञ्चालनमा रहेको सञ्चालक कृष्णप्रसाद तिवारीले जानकारी दिए । उनले भने, ‘रिक्सा व्यवसायी संघले गर्ने सबै व्यवसायीका काम अब हरियाली यातायात कम्पनीले गर्नेछ । यहाँ पेट्रोलवाला टेम्पो दर्ता भने हुने छैनन् ।’

सञ्चालक गोपाल रिजालले स्थानीय तहले बुटवल नगर क्षेत्रमा चल्ने अटो रिक्सा सञ्चालन गर्ने रूट निर्धारण गर्न माग गरे । रिजालले बुटवलमा ई–रिक्साको रूट र संख्या निर्धारण नहुँदा आफूहरूले लामो समयदेखि ठूलो मार खेप्दै आएको बताए ।

बुटवल उपमहानगरपालिकाले कानून बनिनसकेको भन्दै अटो रिक्सा भित्रिएको ३ वर्षसम्म पनि रूट निर्धारण गर्न सकेको छैन । जसले गर्दा बुटवलमा जथाभावी ई–रिक्सा भित्रिएका छन् । 

ट्राफिक प्रहरीले ई–रिक्सालाई अनावश्यक झन्झट दिँदा व्यवसायी र चालकहरू ठूलो मारमा परेका छन् । अञ्चल अस्पताल बिरामी छाडेर आउने रिक्सालाई प्रहरीले जरिवाना काट्ने गरेको व्यवसायीको भनाइ छ । जसको बिरामीदेखि सर्वसाधारणले चौतर्फी विरोध गरेका छन् । 

सञ्चालक लालबहादुर राईले ई–रिक्सा सञ्चालनका लागि पर्याप्त क्रसिङ नहुँदा सडक जाम हुने समस्या आएकोले सबै क्रसिङ खुला गर्दै आवत जावतलाई सहज बनाउन आग्रह गरे । उनले भने, ‘अस्पताल, बैंक लगायतका क्षेत्रमा ई रिक्सालाई जान नदिनु दुर्भाग्य हो ।’

‘प्रदेश राजधानी बुटवल भइसकेपछि यसलाई व्यवस्थित गर्नु राज्यको दायित्व हो । ई रिक्सा कानूनी प्रक्रिया पूरा गरेपछि सबै क्षेत्रमा चल्न पाउनुपर्छ,’ उनले भने । राज्यले ई–रिक्सा नियन्त्रण र व्यवस्थित गर्न नसक्दा अन्य अञ्चलमा दर्ता भई बुटवलमा सञ्चालन भएका छन् । जसको कुनै विलबुक दर्ता भएको संघ÷संस्था पनि छैन । ती ई– रिक्साले दुर्घटना गराउँदा कहाँ उजुरी समेत ठाउँ नहुँदा यात्रुहरू मारमा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x