×

NMB BANK
NIC ASIA

नवाज शरीफले दिए अदालतको फैसलालाई चुनौती

साउन १, २०७५

NTC
Premier Steels

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले भ्रष्टाचारको मुद्दामा अदालतले आफूविरुद्धको फैसलालाई चुनौती दिँदै त्यसलाई खारेज गर्ने काग गरेका छन् । 

भ्रष्टाचारको एक मुद्दामा शरीफलाई १० वर्षको अनि उनकी छोरी मरियमलाई सात वर्षको कारागार सजाय दिइएको छ । 

भ्रष्टाचारप्रतिरोधी अदालतले शरीफकी छोरी मरियमविरुद्ध लन्डनमा चार विलासी फ्ल्याटसँग सम्बन्धित मुद्दामा सजाय सुनाएको हो । दुवै शुक्रवार लन्डनबाट पाकिस्तान फर्केका हुन् । 

अहिले दुवैलाई इस्लामाबाद नजिकैको अदियाला कारागारमा थुनिएको छ । उनीहरूले त्यहीँ बसेर भ्रष्टाचारका दुई अन्य मुद्दा पनि सामना गर्दैछन् । 

शरीफमाथि आयभन्दा बढी सम्पत्ति राखेको आरोप छ । तीनचोटि प्रधानमन्त्री बनिसकेका शरीफले यो राजनीतिक प्रतिशोध लिनका लागि लगाइएको आरोप भएको बताएका छन् । 

उनलाई राष्ट्रिय जवाफदेहिता ब्युरोलाई सहयोग नगरेकोमा एक वर्षको अतिरिक्त सजाय दिइएको छ । उनका ज्वाईंलाई पनि एक वर्षको सजाय दिइएको छ ।

अदालतले शरीफमाथि ८० लाख पाउन्ड र मरियममाथि २० लाख पाउन्ड जरिवाना पनि लगाएको छ । 

शरीफका वकिलले इस्लामाबाद उच्च न्यायालयमा निवेदन दर्ता गरेर नवाज शरीफलाई दोषमुक्त गर्न र उनीविरुद्धका सबै आरोप खारेज गर्न माग गरेका छन् । चार वरिष्ठ वकिलले यो निवेदन दिएका हुन् । तर अदालतले यो निवेदन स्वीकार गरेको छैन । स्वीकार गरेपछि मात्र सुनुवाइको मिति तोकिनेछ । 

सन् २०१६ मा पनामा पेपर केसमा नाम आएपछि नवाज शरीफले सन् २०१७ को जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । अनुसन्धानपछि शरीफ र उनकी छोरीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगाइएको थियो । 

पाकिस्तानी ट्राइब्युनल कोर्टले शरीफ र उनकी छोरी मरियमलाई दोषी ठहर गरेर कैद सजाय तोकेको थियो । दुवै त्यतिखेर लन्डनमा भएकाले अनुपस्थितिमै सजाय सुनाइएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x