कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पोखरा- पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ ।
डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा हालै रु १० लाखको लागतमा क्यामेरा जडान गरिएको हो ।
क्लबका अध्यक्ष गोपाल बरालका अनुसार सिसी क्यामेरा जडानका लागि पोखरा महानगरपालिकाको रु तीन लाख ८० हजार, गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु तीनलाख ५० हजार, बरालफिडको रु ५० हजार सहयोग प्राप्त हुनुको साथै रु दुई लाख २० हजार क्लबको खर्च भएको छ ।
डेभिज फल क्लबले आगामी साउन ५ गते एक समारोहका बीच जडित सिसी क्यामेरासहितको सम्पूर्ण प्रविधि छोरेपाटन प्रहरी चौकीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्लबका उपाध्यक्ष पुष्प बरालले जानकारी दिनुभयो ।
सिसी क्यामेरा जडानसँगै धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा, डेभिज फल (पातले छाँगो) लगायत छोरेपाटन प्रहरी चौकीको शान्ति सुरक्षामा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
अपराध अनुसन्धान, चोरीलगायत आपराधिक घटनाका अभियुक्तलाई छिटोछरितो पक्राउ गरी कानूनी दायरामा ल्याउन र सवारी दुर्घटना न्यूनीकरणमा समेत सिसी क्यामेरा सहयोगी बन्ने विश्वास छोरेपाटन प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकबहादुर रोकायाले व्यक्त गर्नुभयो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...