भारतमा एक रुसी महिला सामूहिक वलात्कृत, यस्ताे अवस्थामा होटेलमा फेला परिन्

साउन ४, २०७५

नयाँ दिल्ली- भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । 

प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । 

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् । 

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ । 

भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ । 

साउन ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस