×

NMB BANK
NIC ASIA

सौर्य ऊर्जामा लगानी गर्न अष्ट्रेलिया इच्छुक

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–ऊर्जा,जलस्रोत एवंम् सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भएको भेटमा उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 
भेटमा मन्त्री पुनले आफु उर्जाममन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा र जलविद्युत क्षेत्रको समग्र विकासको लागी श्वेतपत्र जारी गरेको जानकारी दिंदै १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य रहेको बताए । 
उनले  उर्जा क्षेत्रको विकासका लागी सरकारलाई थप लगानी आवश्यक रहेको भन्दै त्यसका लागी अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको खांचो रहेको धारणा राखे । 
उर्जामन्त्री पुनले भेटमा अष्ट्रेलियन सरकारले नेपालको विकासका लागी विभिन्न क्षेत्रमा गरेको सहयोगप्रती सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । 
अष्ट्रेलियन राजदूत बडले भेटमा उर्जामन्त्रालय मातहतका निकायलाई विज्ञहरु उपलव्ध गराउन र प्राविधिक सहयोग दिन अष्ट्रेलियन सरकार तयार रहेको बताएका थिए । उनले  उर्जा क्षेत्रमा काम गर्न आफु निकै इच्छुक रहेको धारणा समेत भेटमा राखेका थिए । 
राजदूत बडले सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु ईच्छुक रहेको जानकारी समेत मन्त्री पुनलाई दिएका थिए । उनले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा ३ सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने ईच्छा व्यक्त गरेको समेत भेटमा बताउनुभयो ।
यसैबीच उर्जामन्त्रालयअन्र्तगतको विद्युत उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धमा समेत एमओयु भएको छ । उर्जामन्त्री बर्षमान पुनको उपस्थितीमा शुक्रवार कम्पनीका प्रवन्धक निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलोपम्याण्ट कोअपरेशनकी प्रमुख एनसली हेम्मिङबीच १२ बुदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । 
दुइै पक्षबीच भएको समझदारीको उद्देश्य राष्ट्रिय महत्वका जलविद्युत परियोजनाको विकासमा सहयोग गर्ने रहेको  विद्युत उत्पादन कम्पनीका प्रवन्ध निर्देशक पन्तले बताए । त्यसैगरी समझदारीअनुसार अष्ट्रेलियाले पावर हाउसहरुको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ ।  

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x