×

NMB BANK
NIC ASIA

नारायणगढ-मुग्लिन सडक : सडकसँगै पुल नै भाँसिन थालेपछि जोखिम बढ्यो

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर– नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिएपनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षात्को सिजन भएकोले यो वेला पहाड काट्दापहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो ।

Muktinath Bank

“हिउँद नलागी यो वर्षात्मा डाइभर्सन गर्न सकिँदैन”, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले भन्नुभयो, “पुल भासिएको वा सडक भासिएको ठाउँमा अहिले ‘वान वे’ (एकोहोरो ) तरिकाले सवारी साधन सञ्चालन गरिएको छ । यो वर्षाद्को सिजनभरि नै जारी रहने छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“अहिले पनि सडक भन्दा माथिको भागवाट छहरा जसरी पानी झरिरहेको छ । यस्तो वेला पहाडको चट्टान काट्न लाग्यो भने पहिरोको जोखिम बढी हुन्छ”, सडक डाइभर्सनमा देखिने चुनौतीबारेऔँल्याउँदै प्रमुख विसुरालले भन्नुभयो ।


Advertisment
Nabil box
Kumari

पुनःनिर्माणकै क्रममा रहेको नारायणगढ —मुग्लिन सडककोे काम नसकिँदै १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएको छ भने मुग्लिन नजिकै पर्ने खहरे खोला पुल पनि सडक छेउबाट भासिएको छ । 
सडक भासिएसँगै भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञहरूको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै पुरिएको माटोमाथि सडक विस्तार र तलवाट त्रिशूली नदीको कटान भएकै कारण सडक भासिएको जनाउँदै नयाँ ठाउँमा डाइभर्सन वनाएर सडक सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । तर आयोजनाले भने वर्षाद्को सिजनमा पहाड काटेर डाइभर्सन वनाउन नसकिने जनाएसँगै यो सडकमा यात्रा गर्ने यात्रुले थप हैरानी ब्यहोर्नुपर्ने भएको छ । 

Vianet communication
Laxmi Bank

“डाईभसन नभई सडक ‘वानवे’ हँुदा दैनिक ट्राफिक जामको समस्या छ । अझै माथिबाट पहिरो खस्यो भने त झनै जटिल छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वेद गौतमले भन्नुभयो, “सडक जति सक्यो छिटो मर्मत सुधार गर्न सक्ने हो भने यात्रुले सहज यात्रा गर्न सक्ने छन् ।”

एकदिन अघिमात्रै १७ किलोमा सडक भाँसिदा पाँच घण्टा सडक अवरुद्ध भएको थियो । पछिल्लो समय यो क्रम जारी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा रहेको तथ्याङ्क अनुसार गत जेठ २८ गते यता विभिन्न मितिमा १७ स्थानमा पहिरो खस्दा ७६ घण्टा १० मिनेट सडक अवरुद्ध भएको छ । खुलेकै वेला पनि पहिरो खसेको क्षेत्रमा वानवे हुँदा यात्रुले हैरानी ब्यहोर्नुपर्ने अवस्था छ ।

नारायणगढवाट १७ किलो मिटर मुग्लिनतर्फ रहेको १७ किलोमा ३० मिटर लम्वाई र सात मिटर सडक भाँसिने गरि चिरिएको छ । यो मात्रा वढेर अझै ७० मिटर लम्वाई र ८ मिटर चौडाइ सम्म पुग्ने विज्ञहरुको अनुमान छ ।यस सगै सडक चिरिएर भासिने अवस्था पुगेको भतेरी ओरालोमा सडक छेउको प्याराफिट भासिने अवस्थामा छ । यो दुवैको मर्मत सुधार हुन सकेको छैन ।

सडकसँगै पुल नै भाँसिन थालेपछि भने यो सडकको यात्रा जोखिम वढेको छ । सडकमा रहेका १८ वटा पुल सवै जीर्ण रहेपनि आयोजनाले मर्मत सुधार गर्न सकेको छैन । “१८ मध्ये ४ वटाको पुनःनिर्माणको काम शुरु भइसकेको छ अरु बाँकीका लागि वजेटको व्यवस्था भइसकेको छैन”, उहाँले भन्नुभयो ।

सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनःनिर्माणको काम भइरहेको नारायणगढ मुग्लिन सडक विस्तारको काम अन्तिम चरणमा पुगेका वेला सडक भाँसिने र पुल भाँसिने समस्या देखिएको छ । यसका साथै सडक माथिवाट देखिएको ३१ स्थानको पहिरो जोखिम क्षेत्र सडकको थप जोखिम हो ।
दैनिक दश हजारका हाराहारीमा सवारी साधन ओहोर दोहोर गर्ने यो सडकमा यात्रा गर्ने लाखौ यात्रु अहिले पनि जोखिम नै मोलेर यात्रा गर्न वाध्यछन् ।, गोरखापत्रमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x