×

NMB BANK
NIC ASIA

मुख्य समाचार : ५ सय विकास समिति खारेज हुँदै, गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

साउन ६, २०७५

NTC
Premier Steels

काठमाडौं– सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास समिति खारेज गर्ने निर्णय गरेको हो ।

Muktinath Bank

खारेज गर्नु नपर्ने भएमा कारणसहित १५ दिनभित्र जवाफ दिन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । २० असारको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार मन्त्रालयले जवाफ पठाउने म्याद सकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि, छुट्टै कानूनद्वारा स्थापित बोर्ड, आयोगलगायत खारेज गर्ने वा नगर्ने विषयमा भने मन्त्रालयले नै अध्ययन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विकास समिति ऐनअन्तर्गत कति कर्मचारी छन्, त्यसको कुनै तथ्यांक छैन । यी समितिहरुमा करिब १५ हजार कर्मचारी कार्यरत रहेको अनुमान छ ।, नयाँ पत्रिकामा खबर छ ।


Advertisment
Nabil box
Kumari


निःशर्त वार्तामा आउन सरकारले गरेको आह्वान डा. केसी पक्षद्वारा अस्वीकार

Vianet communication

सरकारले अनशनरत त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेको छ । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् । 

उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरे । संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडाँै नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए ।

यता, सरकारी वार्ता टोलीले केसीलाई वार्ताका लागि गरेको आह्वानलाई केसी पक्षले अस्वीकार गरेका छन् । शनिवार साँझ सरकारले वार्ताका लागि आह्वान गरेसँगै केसी पक्षले त्यसलाई विज्ञप्ती मार्फत अस्वीकार गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘सरकारद्वारा गठित टोलीसँग आवश्यक म्यान्डेट नभएको र त्यस अवस्थामा वार्ताकै लागि वार्ता गरिरहँदा मुल्यवान समय खेर गएको छ । त्यसैले सार्थक वार्ताका लागि हाल संसदमा रहेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न र पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरिन्छ ।’

कांग्रेसद्वारा सरकारको आलोचना
सरकारको विरोध र डा. गोविन्द केसीको समर्थनमा राजधानीको नयाँ वानेश्वरमा शनिबार निकालिएको तरुण दलको जुलुसमा दमन गरेको भन्दै नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै जुलुसमाथि भएको हस्तक्षेपको कडा शब्दमा भत्सर्ना गर्दै यसबाट पार्टीले सरकारविरुद्ध झनै एकताबद्ध भएर उभिनु पर्ने आवश्यकता महसुस गरेको बताएका छन् । 

बानेश्वर घटनामा  नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतका घाइते भएका थिए ।

यसैबीच, कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी प्रहरी हस्तक्षेपप्रति असन्तुष्टी जनाएका छन् । शनिबार बालुवाटार गएर देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु
बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए ।

महेश्वरी वडा नं. ६ की महिला स्वास्थ्य स्वयंमसेविका पनि हुन् । गाउँ नजिकै रहेको शिव मन्दिर पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । 

गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । 

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताए ।

पत्रकारमाथि आक्रमणको महासंघद्वारा भत्र्सना
नेपाल पत्रकार महासंघले स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सरकारको विरोध गर्दै शनिबार दिउँसो नेपाल तरुण दलले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार संकलन गरिरहेका पाँचजना पत्रकारमाथि प्रहरीले लाठी, ढुंगा प्रहार गर्नुका साथै कुटपिटसमेत गरेको थियो । 
 
प्रहरीको आक्रमणबाट हाम्राकुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेस कुमार, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रविन महर्जन घाइते भएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ ।

महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीवापत उक्त राजश्व संकलन गरेको हो । 

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले चार लाख ७१ हजार ९६८ सवारीसाधनको कारबाहीवापत उक्त राजश्व संकलन गरिएको जानकारी दिए ।

मकालु साउन ११ मा काठमाडौँ आइपुग्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । 

‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । 

अन्तर्राष्ट्रिय ट्रि म्याराथुन प्रतियोगितामा आर्मी क्लबकै वर्चश्व
दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्रि म्याराथुन प्रतियोगिताको प्रथम र दोस्रो स्थान नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । 

धादिङ जिल्लाको बैरेनीदेखि चरौदीसम्म सम्पन्न सो प्रतियोगिताको कूल ४३ दशमलव सात किलोमिटरमध्ये दुई घण्टा १८ मिनेट ४९ सेकेण्डमा पूरा गरी सो क्लबको टिम ए ले नगद रु एक लाख ५० हजारसहित पदक आफ्नो हात पारेको होे । कूल सो दूरीमध्ये  ६.७ किमी दौड, २६ किमी साइक्लिङ र ११ किमी र्याफ्टिङ रहेको थियो ।

यसैगरी सो प्रतियोगितामा सोही क्लबको टिम बि ले सो दूरी दुई घण्टा २८ मिनेट ४३ सकेण्ड पूरा गरी दोस्रो स्थान प्राप्त गरी नगद रु एक लाखसहित ट्रफि र सशस्त्र प्रहरी बलको टिम दुई घण्टा ३१ मिनेट २१ सेकेण्ड पूरा गरी तेस्रो स्थान प्राप्त गरी रु ७५ हजारसहित ट्रफी उचालेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x