×

NMB BANK
NIC ASIA

अनशनको आफ्नै रेकर्ड तोड्दै डा. केसी, किन हुन सकेन सहमति ?

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  राष्ट्रिय चिकित्सा शिक्षा ऐनलाई जस्ताको तस्तै विधेयकका रूपमा ल्याएर पारित गर्नुपर्ने लगायतका मागहरू राख्दै डा. गोविन्द केसीले शुरु गरेको अनशन आइतबार २३औं दिन पनि जारी छ । संसद नभएको अवस्थामा अध्यादेशमार्फत आएको सो ऐनले विधेयकका रूपमा संसदबाट पारित भएपछि मात्र स्थायित्व पाउँछ ।

Muktinath Bank

सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयकमा धेरै हेरफेर गरिएको भन्दै केसीले कर्णालीको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर अनशन शुरु गरेका थिए । सरकारले बल प्रयोग गरी २०औं दिनमा केसीलाई काठमाडौं ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं ल्याएपछि पनि दुईपक्षबीच ठोस कुराकानी हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

केसी अनशनमा छन् । समर्थकहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहयोगमा सडक तताइरहेका छन् । कांग्रेसको सहयोगले सडक आन्दोलन त चर्किएको छ नै, तर यसले केसीको मागलाई राजनीतिकरण गरेको छ । जसको प्रभावस्वरूप केसीप्रतिको जनविश्वासमा कमी आउने खतरा छ ।

Vianet communication
Laxmi Bank

दुवै पक्षको आ–आफ्नै अडान

केसीले अनशन शुरु गरेको झण्डै २ सातासम्म त्यसलाई खासै महत्त्व नदिएको सरकारले गत असार ३२ गतेका दिन शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता टोली गठन गर्‍यो ।

वार्ता टोली संयोजक बरालका अनुसार त्यसयता केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच ३ चरणमा अनौपचारिक वार्ता भइसकेको छ । 

सरकारले संसदमा पेश गरेको विधेयक फिर्ता नगरेसम्म औपचारिक वार्तासमेत नगरेको डा. केसीको अडान छ । केसीले त विधेयक स्थगित नहुँदासम्म काठमाडौं पनि आउँदिन भनेका थिए । सरकारले बल प्रयोग गरेपछि केसी काठमाडौं आउन तयार भएका हुन् । तर उनी औपचारिक वार्ताका लागि तयार भइसकेका छैनन् ।

पछिल्लो समय सरकार वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयारजस्तो देखिए पनि केसीले विधेयक फिर्ता नै हुनुपर्ने अड्डी कसेका छन् ।

संसद बैठक नै स्थगित

संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक टेलब गर्ने सत्ता पक्षको तयारी र संसद नै चल्न नदिने प्रतिपक्षको अडानका बीच संसद बैठक सूचना नै टाँसेर साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । संसद बैठक नै बस्न नसकेको अवस्थामा तत्काल यो विधेयक अघि बढ्ने अवस्था छैन र फिर्ता भइहाल्ने सम्भावना पनि ।

त्यसो त विधेयक संसदमा टेबल हुन बाँकी रहेकाले संसद बैठक नै नबस्दा पनि सचिवालयबाट फिर्ता लिन त सकिन्छ । तर सरकार तत्काल त्यो मनस्थितिमा छैन ।

एकअर्कालाई गलाउने रणनीति !

दुईतिहाइ बहुमतको वर्तमान सरकार तत्काल केसीसँग झुकेर पछि हट्न तयार छैन । दुई ठूला सत्तारुढ दलबीच एकता नै भएपछि सरकार ढलिहाल्ने सम्भावना पनि छैन । जसले प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वास बढाएको छ । अघिल्ला अनशनहरूमा कमजोर जगमा बनेका सरकारलाई केसीले सजिले गलाएका थिए । तर यसपटक परिस्थिति फरक छ ।

केसी अघिल्ला अनशनहरूमा जस्तै सरकारलाई झुकाइछाड्ने अडानमा छन् भने बलियो सरकार पनि पछि हट्न तयार देखिएको छैन ।

यसले केसीको अनशनलाई लम्ब्याउँदै लगेको छ । केसीको १५औं अनशनले उनकै पुरानो रेकर्ड तोड्दै छ । उनको ११औं अनशन २३ दिनसम्म लम्बिएको थियो ।

यो पनि पढ्नुहोस् :

ओली सरकारले 'नचिनेका' डा. केसी : यी हुन् असन्तुष्टि, के होला समाधान ?

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x