×

NMB BANK
NIC ASIA

पुष्पलालको ४० औंँ स्मृति दिवस अाज : दशेलाई समृद्ध बनाउनु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक पुष्पलाल श्रेष्ठको ४० औंँ स्मृति दिवस सोमबार देशव्यापी मनाइँदैछ । राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००६ वैशाख १० मा श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

Muktinath Bank

राणाशासनको निरंकुशता परास्त गर्ने र मुलुकमा समृद्धि र विधिको शासन कायम गर्ने उद्देश्यसाथ नेता श्रेष्ठले छिमेकी मुलुक भारतको कलकत्तामा वाम शक्तिको परिकल्पना गर्नुभएको थियो । उहाँलाई नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ’ले साथ दिनुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी स्थापना गर्दा नेता श्रेष्ठले पार्टीलाई नेताभन्दा नीतिप्रधान बनाउने सोच अगाडि बढ्नुभयो । श्रेष्ठले नागरिक स्वतन्त्रताका लागि ‘क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउँ’ भन्ने पर्चा जारी गर्नुभएको थियो । सोही पर्चा नै कम्युनिष्ट पार्टीको प्रथम पर्चाकोरूपमा परिचित छ । नेकपाको स्थापनापछि १५ सेप्टेम्बर १९४९ मा पहिलो घोषणापत्र जारी गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

वाम बुद्धिजीवी मोदनाथ प्रश्रितले संस्थापक नेता श्रेष्ठ दुरदर्शी र त्यागी भएको विश्लेषण गर्नुहुन्छ । श्रेष्ठले आफ्नो जीवन नै परिवर्तनका लागि संघर्षमा विताउनुभएको स्मरण गर्दै उहाँले १० वर्ष श्रेष्ठसँगै रहेर कम्युनिष्ट आन्दोलनमा सहयोग गरेको स्मरण गर्नुभयो । ‘नेता पुष्पलाल पदलोलुपता नभएको, तत्काल निर्णय गर्नसक्ने, अध्ययनशील र विनम्र हुनुहुन्थ्यो, उहाँले भन्नुभयो । अहिलेका नेताले पुष्पलालको आदर्शलाई पछ्याउन सके नेपाली कम्युनिष्ट अभियानले अझै उचाइ चुम्नेछ, विश्लेषक प्रश्रितले भन्नुभयो ।

Vianet communication
Laxmi Bank

नेता श्रेष्ठ दाजु गंगालाल श्रेष्ठबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो विश्लेषक प्रश्रीतले जानकारी दिनुभयो । कम्युनिष्ट नेता भरतमोहन अधिकारीले पुष्पलाललाई वाम आन्दोलनका शिखर पुुरुषको संज्ञा दिनुभयो । पुष्पलालकै योगदानका कारण कम्युनिष्ट आन्दोलनले उचाइ पाएको बताउँदै उहाँले पुष्पलालको बाटोलाई अङ्गालेमात्र कम्युनिष्ट आन्दोलन सफल हुने र देशमा समृद्धि कायम हुने दावी गर्नुभयो । 

पुष्पलाल जीवनभर निरंकुशताका विरुद्ध लड्नुभयो, नेता अधिकारीले भन्नुभयो, ‘समृद्ध नेपाल र सुखी नेपालीको सपना पुष्पलालको हो, अहिलेको नेतृत्वले त्यो सपना साकार पार्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ ।’ नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले पुष्पलाल जस्ता त्यागी र उच्च स्थान बनाएको नेता नेपाली कम्युनिष्ट आन्दोलनमा नभएको बताउनुभयो । 

पुष्पलालले देखेको सपनाअनुसार नै अहिले कम्युनिष्ट आन्दोलन अगाडि बढेको भन्दै नेता श्रेष्ठले समृद्ध नेपालको अभियान सफल भएमा पुष्पलालप्रति सच्चा श्रद्धान्जलि हुने बताउनुभयो । नेकपाले सोमबार देशभर नेता पुष्पलालको स्मृतिमा स्मृतिसभा मनाउँदैछ ।, गोरखापत्रमा खबर  छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x