×

NMB BANK
NIC ASIA

सिसडोलमा अस्थायी प्रबन्ध गरेपछि तत्कालका लागि उठ्न थाल्यो काठमाडौंको फोहोर

साउन ७, २०७५

NTC
Premier Steels

काठमाडौं – करीब एक महिनादेखि थुप्रिएको काठमाडौं उपत्यकाको फोहर उठ्न थालेको छ । 

Muktinath Bank

यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहर उठ्न थालेको हो । फोहरका कारण नागरिकको जनजीवन प्रभावित भएको थियो । काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि नियमित रुपमा फोहर उठिरहेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

भित्री केही गल्लीमा बाँकी भए पनि, बाहिरी मुख्य शहर सबै स्थानको फोहरको व्यवस्थापन भइसकेको छ । आगामी दिनमा नियमित फोहर व्यवस्थापन हुनेछ । नियमित रूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनको लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले घरमा नै फोहरको गाडी आउने जनाएको छ । 

Vianet communication

हरेक दिन कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । वर्षात्को समय छ, नियमितजसो पानी परिनै रहन्छ अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी प¥यो भने पुनः फोहर व्यवस्थापनमा समस्या नआउँला भन्न सकिँदैन ढकालले भने ।

महानगरपालिकाले फोहर व्यवस्थापन स्थानको व्यवस्थापन, केन्द्र सरकारले गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र्र्र सरकारले स्थानीयको समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ । 

काठमाडौं महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोललाई लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले यस स्थानमा तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x