×

NMB BANK
NIC ASIA

देशभर सवारी दुर्घटनामा घट्दा, काठमाडौं उपत्यकामा बढ्यो

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आर्थिक वर्ष २०७४/७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ ।

Muktinath Bank

आव २०७४/७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् । ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटनामा कमी आएको बताउनुहुन्छ । उहाँका अनुसार आव २०७३/७४ मा दुई हजार ३८४ जनाको मृत्यु भएको थियो । आव २०७३/७४ मा १० हजार १७८ दुर्घटना भएको थियो । 


Advertisment
Nabil box
Kumari

चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रुँगो सामानका कारण बढी दुर्घटना हुने मरासिनीको भनाइ छ । काठमाडौँ उपत्यकामा १९४, पूर्व क्षेत्र ५१०, मध्यक्षेत्र ६६६, पश्चिम क्षेत्र ५६७, मध्यपश्चिम क्षेत्र २५१ र सुदूरपश्चिम क्षेत्रमा १५६ जनाको मृत्यु भएको छ ।

Vianet communication
Laxmi Bank

आव २०७२/७३ मा १० हजार १३ दुर्घटनामा दुई हजार छ तथा आव २०७१/७२ मा नौ हजार १४५ दुर्घटनामा दुई हजार चार जनाको मृत्यु भएको थियो । निर्देशनालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ । 

उपत्यकामा दुर्घटना वृद्धि 

ट्राफिक निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटना बढेको छ । आव २०७३/७४ मा १८२ मृत्यु भएकामा आव २०७४/७५ मा १९४ जनाको मृत्यु भएको छ । यस्तै आव २०७२/७३ मा १६६, आव २०७१/७२ मा १३३ र आव २०७०/०७१ मा १४३ जनाको मृत्यु भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन् । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनी भन्छन् ।

दुर्घटनाको कारण 

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । पच्चीस प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने उनको भनाइ छ । यस्तै ७० प्रतिशत दुर्घटना घरको ४० किलोमिटर वरपर हुने गरेको छ । 

श्रेष्ठ तीव्र गतिलाई कम गर्न सके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउँछन् । “मादक पदार्थ सेवन गर्नेलाई (मापसे) रोक्न सके चार देखि २४ प्रतिशत कम हुनसक्छ”, उनी भन्छन् ।

काठमाडौं उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३१ लाख सवारी साधन छन् । आर्थिक वर्ष २०७२/७३ मा नेपालको कालोपत्रे सडकको लम्बाइ १२ हजार ८९८ किलोमिटर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x