×

NMB BANK
NIC ASIA

अझै उस्तै छ कलंकी–नागढुंगा सडक, स्थानीय भन्छन्– 'आयु नै १० वर्ष घट्ने भो' [फोटो/भिडियो]

साउन १६, २०७५

NTC
Premier Steels

काठमाडौं –के तपाईंले कलंकी–नागढुंगा सडक खण्डमा यात्रा गर्नुभएको छ ? छ भने तपाईंलाई भनिराख्नै पर्दैन त्यहाँको अवस्था । यदि छैन भने त्यो बाटो भएर यात्रा गर्नुअघि मास्क र चस्माको बन्दोबस्त अनिवार्य गर्नुहोला, किनभने कलंकीबाट नागढुंगा वा नागढुंगाबाट कलंकी पुग्दा तपाईंको स्वास्थ्यमा नै समस्या देखिनसक्छ ।

Muktinath Bank

घाम लाग्दा सास फेर्नै मुस्किल हुने धूलो र पानी पर्दा थामिनसाध्ये हिलोले सताउने गरेको थालेको धेरै भइसक्यो । यो बाटो भएर आवतजावत गर्ने यात्रुको त यो अवस्था छ भने सडक आसपासमै बसोबास गर्ने स्थानीयको अवस्था के होला ! स्थिति निकै गम्भीर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयलाई घरमा बस्दा तथा राति सुत्दा पनि मास्क लगाउनुपर्ने अवस्था छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

‘पसलमा पनि माक्स लगाउनुपर्छ, हाम्रो त आयु नै १० वर्ष घट्ने भो! के गर्नु सडक बनाउने निकाय मौन छ,’ स्थानीय व्यापारी श्याम श्रेष्ठले भने ।

सरकारले सडकको स्तरोन्नति समयमै सक्न चासो नदिएको स्थानीयको गुनासो छ ।

‘अस्ति कुन्नी को नेता आए रे, गाडीमा कलंकीबाट नागढुंगा पुगे रे, तर बाटो उस्तै छ,’ यातायात मन्त्री रघुवीर महासेठले गरेको सडक अनुगमनतर्फ इंगित गर्दै स्थानीय हार्डवेयर व्यवसायी लालू घिमिरेले भने, ‘बाइकमा हिँडेको भए पो हाम्रो पीडा थाहा हुन्थ्यो !’

स्तरोन्नतिका लागि भनेर सडक भत्काइएको महिनौं बितिसकेको छ । तर सडक बनिसक्ने कहिले हो पत्तो छैन । यात्रुहरू कष्टपूर्ण यात्रा गर्दैछन् भने स्थानीयले विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x