×

NMB BANK
NIC ASIA

मानिस किन पशुसँग सम्पर्क गर्न चाहन्छ ?

साउन १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भारत हरियाणाको मेवात क्षेत्रमा एक गर्भवती बाख्रासँग यौनसम्पर्क र त्यसपछि बाख्राको मृत्युको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा चर्चामा रहे । 

Muktinath Bank

घटना साउन ९ गतेको हो । तर घटनाको चर्चा चार दिन पछि भयो । मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाको रिपोर्ट दर्ता भएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना जब प्रहरीकहाँ पुग्यो तब बाख्राको पोस्टमार्टम गरियो । तर पोस्मार्टमबाट दुष्कर्मको पुष्टि भएको छैन । 


Advertisment
Nabil box
Kumari

पोस्टमार्टममा मृत्युको कारण आन्तरिक चोट उल्लेख गरिएको छ । र, घटनामा संलग्न भएको भन्दै कसैलाई पनि गिरफ्तार गरिएको छैन । प्रहरीले अहिले पनि घटनाको जाँच भइरहेको बताएको छ । 

Vianet communication
Laxmi Bank

तर जनावरसँग सेक्स !

जनावरसँग सेक्सलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको एक अर्को मतलब पनि छ, अति क्रुर व्यवहार । 

अक्सफोर्ड डिक्शनेरीका अनुसार कुनै मानिस जनावरकाबीच इन्टरकोर्सलाई बेस्टिएलिटी भनिन्छ । 

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनको वेभसाइटका अनुसार कुनै पनि व्यक्तिले जनावरसँग यौन सम्पर्क गर्नु निकै गम्भीर विषय हो । 

एनसीबीआइ रिसर्च जनरलमा प्रकाशित एक शोधका अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो । जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ । 

यसको उदेश्य मात्र शारीरिक सन्तुष्टि हो । कुनै भावनात्मक लगाव होइन । उक्त रिपोर्ट अनुसार केही समुदायमा जनावारसँगको सम्पर्क यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि लिइएको हुन्छ ।

एक रिपोर्टका अनुसार कयौं पटक बच्चा पनि यस्तो हर्कतमा सहभागी हुन्छन् । तर यदी कुनै बच्चाले यस्तो हर्कत गरे यसलाई सामान्य रुपमा लिनु हुँदैन । 

भारतीय सेक्सोलोजिस्त विनोद रैनाका अनुसार  बेस्टिएलिटीको लागि कयौं पटक माहोल पनि जिम्मेवार हुन्छ । कयौं पटक परिवारमा यौनलाई लिएर यस्तो खालको माहोल हुन्छ कि सदस्यहरु खुलेर यसबारेमा कुरा गर्न सक्दैनन् । यस्तोमा कयौंपटक सेक्सलाई सार्वजनिक गर्नका लागि पनि जनावरको प्रयोग गर्छन ।’

हरियाणाको यो घटनाले सबैलाई अचम्ममा परेपनि यो पहिलो घटना भने होइन । 

अमेरिकाको फ्लोरिडामा पशुमा हुने यौन हमलामा बाख्रा सबैभन्दा बढी छन् । 

एनसीबीआइको एक रिपोर्ट अनुसार १८ वर्षका एक युवकले आफ्नो गौशालमा पालिएका दुई बाच्छीसँग दुष्कर्म गरेका थिए । दुई बाच्छीको एक पछि अर्को गर्दै मृत्युभएपछि फोरेन्सी जाँच भएको थियो जसमा मानिसको वीर्य फेला परेको थियो । 

नेपाल, भारत, नेदरल्याण्ड, फ्रान्स तथा स्विट्जरल्याण्ड, डेनमार्कमा यस्तो कार्य प्रतिवन्धित छ । 

बेलायतमा २००३ मा यससँग जोडिएको सजायमा बदलाव गरिएको छ र आजीवन कारावासको सजायलाई घटाएर दुई वर्षमा झारिएको छ । 

तर हंगेरी, फिनल्याण्डमा भने यस्तो कार्य अपराध होइन । 

मनोरोग

एनसीबीआइको रिपोर्टका अनुसार यस्तो समस्या खासगरि त्यस्तालाई हुन्छ जो असन्तुलित जीवन बाँचिरहेका छन् । 

जसको बचपन घरेलु हिंसा तथा तनावकाबीच चलेको छ । यसका अलावा जो बचपनमा यौन हिंसाको शिकार भएको छ उनीहरुमा यस्तो व्यवहारको आशंका बढ्छ । 

कस्ता–कस्ताले गर्छन् पशुसँग सम्पर्क ?

ह्यूमन–ऐनिमल रोल–प्लेयर्सः जसले जनावरसँग कहिल्यै सेक्स गरेका छैनन् तर सेक्स को इच्छा आएपछि जनावरप्रति आकर्षित हुन्छन् ।

रोमान्टिक पशु प्रेमी– यस्ता मानिस जनावरलाई पालतु बनाएर राख्छन् । उनीहरु साइकोसेक्शुअलिटी को रुपमा आकर्षित हुन लाग्छन् तर सेक्स गर्दैनन् । 

असामान्य कल्पनाशील मानिस– यस्ता मानिस जो पशुसँगको सेक्शुअल इन्टरकोर्स का बारे सोच्छन् तर यस्तो कहिल्यै गर्दैनन् । 

पशुप्रति आकर्षित– यस्ता मानिस पशुलाई छुन्छन् । उनीहरु पशुलाई गला लगाउँछन् र त्यही रुपमा छुन्छन् । उनीहरु पशुको गुप्तांगलाई पनि छुन्छन् तर सेक्स गर्दैनन् । 

अतिउत्साही– यस्ता मानिसले पशुको हरेक हिस्सालाई हेर्छन् । कयौंपटक कामुक रुपमा पनि हेर्छन् । यस्तै पशुहरुबीच हुने यौन गतिविधिमा पनि निकै सक्रिय हुन्छन् । 

क्रुर कामुकता–यिनीहरुले पशुलाई बलात्कार गछन् । कयौं अवस्थामा उनीहरुले पशुलाई प्रताडित पनि गर्छन् । 

मौकापरस्त– उनीहरु सेक्शुअल रिलेशनको मामलामा सामान्य हुन्छन् । तर मौका मिल्नासँग पशुसँग पनि शुरु हुन्छन् । 

नियमित पशु प्रेमी– यस्ता मानिस पशुसँग सेक्स निकै मनपराउँछन् । उनीहरुले मानवीय यौन भन्दा पशुसँगको यौन मनपराउँछन् । 

हिंस्रक– उनीहरु सेक्स का दौरान पशुलाई मारिपनि दिन्छन् । यतिसम्मकी पशु मरिसकेपछि पनि यौन कार्य गरिरहन्छन् । 

एक्सक्लूसिभ पशु प्रेमी– यस्ता मानिस केवल पशुसँगमात्र यौन सम्पर्क गर्छन् । 

बीबीसी हिन्दीबाट भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x