×

NMB BANK
NIC ASIA

प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए निशानका बुवा, विमानस्थलबाट रुँदै आर्यघाट [भिडियोसहित]

साउन २४, २०७५

NTC
Premier Steels

काठमाडौं– आइतवार साँझ अपहरण गरी हत्या गरिएका काठमाडौं काँडाघारीका ११ वर्षीय निशान खड्काको दाहसंस्कार गरिएको छ । 

Muktinath Bank

रोजगारीका लागि मलेसियामा रहेका बुवा गणेश आएपछि बिहीवार निशानको दाहसंस्कार गरिएको हो । निशानलाई हजुरबुवा दुर्गाबहादुर खड्काले दागबत्ती दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई छोरी र एक छोरालाई पत्नी चमेलीको साथ छोडेर मलेसिया गएका गोपाल आज दिउँको साढे एक बजेको फ्लाइटबाट काठमाडौं उत्रिएका हुन् । 


Advertisment
Nabil box
Kumari

उनी विमानस्थलबाट सिधै पशुपति आर्यघाट पुगेका थिए । पोस्टमार्टम गरेर प्लास्टिकमा बेरेर ल्याएका छोराको शव देखेपछि बाबु गणेश भक्कानिएका थिए ।

Vianet communication

आर्यघाटमा भक्कानीइरहेकी पत्नीलाई देखेपछि गणेशका आँशु रोकिएनन् । चमेली पतिलाई देखेपछि थप भावविह्वल बनेकी थिइन् भने परिवारका सदस्यहरु, शुभचिन्तक र अन्तिम संस्कारमा सहभागी र अन्य सर्वसाधारण आँसु पुछिरहेका थिए । 

आइतवार साँझ अपहरणमा परेका निशानको सोही राति हत्या भएको थियो । प्रहरीले सोमवार मात्रै भक्तपुरको सानोठिमीस्थित एक निर्माणाधीन घरको जगमा गाडिएको अवस्थामा निशानको शव फेला पारेको थियो । 
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहीवार निशानको शव आफन्तले बुझेका थिए । 

पोस्टमार्टममा अपहरणकारीले निशानको मुखमा रुमाल र कपडा कोचेर हत्या गरेको देखिएको छ । खड्काका घाँटीभित्र एक मिटर लामो रुमाल घुसाएर निर्ममतापूर्वक निशानको हत्या गरेको भेटिएको पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकले जनाएका छन् ।

अपहरणमा संलग्न गोपाल र अजय तामाङलाई सोमबार प्रहरीले भक्तपुरमा 'इन्काउन्टर' गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x