×

NMB BANK
NIC ASIA

जथाभावी राहत संकलन र वितरण गरे १ लाख जरिवाना र ६ महिना कैद !

साउन २५, २०७५

NTC
Premier Steels

विराटनगर – विपद्का बेला हुने राहत संकलन र वितरणको विकृतिलाई निरुत्साहित गर्न १ नम्बर प्रदेश सरकारले १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद हुने गरी विधेयक तयार गरेको छ ।

Muktinath Bank

सरकारी स्वीकृति विना जथाभावी राहत संकलन र वितरण गर्नेलाई १ लाख जरिवाना र ६ महिना कैद हुनेछ । सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद् न्यूनिकरण तथा उद्दार र राहतका लागि विपद् व्यवस्थापन सम्बन्धी विधेयक प्रदेश सभामा पेस गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका हुन् । विधेयक पेश गर्दै मन्त्री कार्कीले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न र विपद्बाट उत्पन्न हुने जोखिम न्यूनिकरण गर्न विधेयक ल्याएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले विपद् व्यवस्थापनका लागि छुट्टै मन्त्रालय गठन गर्नुपर्ने तथा जोखिम न्यूनिकरणका लागि तालिम प्राप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । विधेयकमा विपद् व्यवस्थापन गर्न मुख्यमन्त्रीको नेतृत्वमा विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको विपद् सम्बन्धी विषय हेर्ने मन्त्रीको नेतृत्वमा कार्यकारी समिति बनाउने उल्लेख छ ।

Vianet communication

ठूला विपद् आएको क्षेत्रलाई प्रदेश सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने प्रावधान पनि राखिएको मन्त्री कार्कीले जानकारी दिए । विपद्पछि उद्दार र राहतभन्दा पनि विपद् जोखिम न्यूनिकरणलाई जोड दिएर काम गर्ने गरी विधेयक ल्याएको उनको दावी छ । विधेयकमा जानाजान विपद्को घटना गराउनेलाई ५ लाख रुपैयाँसम्मको जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैगरी, अनुमति नलिइ विपद्का नाममा चन्दा वा राहत संकलन गरेर आफू खुशी वितरण गरेमा १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x