प्रिमियर लीगको नयाँ सिजन आजबाट, उद्घाटन खेल युनाइटेड र लेस्टरबीच

साउन २५, २०७५

काठमाडौं –इंग्लिस लीग फूटबल प्रिमियर लीगको नयाँ सिजन आजबाट शुरु हुँदैछ ।

सिजनको शुरुवाती खेल ओल्ड ट्राफोडमा नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ ।


ADVERTISEMENT

उद्घाटन खेलमा इंग्लिस जाइन्ट म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीको सामना गर्नेछ । 

युनाइटेड प्रिमियर लीगको सबैभन्दा सफल क्लब हो भने लेस्टरले दुई सिजनअघि सबैलाई चकित पार्दै उपाधि जितेको थियो ।

युरोपेली क्लब फूटबलमा प्रिमियर लीग सबैभन्दा प्रतिस्पर्धात्मक मानिन्छ ।

यद्यपि गतसिजन म्यानचेस्टर सिटीले निकै प्रभावशाली प्रदर्शन गर्‍यो ।

लीगमा झण्डै एक दर्जन कीर्तिमान भंग गर्ने क्रममा सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १९ अंकले पछि पार्‍यो ।

यस सिजन पनि सिटीलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । सिटीका अलावा लिभरपूलले पनि उपाधिको दौडमा आफूलाई अब्बल सावित गर्न सक्ने अनुमान छ ।

अन्य शीर्ष क्लबहरू म्यान्चेस्टर युनाइटेड, चेल्सी, आर्सनल र टोटनह्यामले भने उपाधि दौडमा कायम रहन निकै संघर्ष गर्नुपर्ने फूटबल पण्डितहरू बताउँछन् ।

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस