×

NMB BANK
NIC ASIA

मलाई खुशी राखियो भने क्लबका लागि राम्रो प्रदर्शन गर्छु : पोग्बा

साउन २७, २०७५

NTC
Premier Steels

काठमाडौं – म्यानचेस्टर युनाइटेडका खेलाडी पल पोग्बाले प्रशिक्षक जोसे मउरिन्होलाई एक सरल सन्देश दिएका छन् – ममाथि आक्रमण नगरेमा म क्लबका लागि योगदान गर्न स्वतन्त्र हुनेछु । 

फ्रान्सेली राष्ट्रिय टोलीबाट खेलेर विश्वविजता बनेका पोग्बाको मउरिन्होसँग असहज सम्बन्ध छ । समर ट्रान्सफर विन्डोमा पोग्बाका एजेन्ट मिना राइओलाले उनलाई बार्सिलोना लग्नका लागि भरपूर कोशिश गरेका थिए । 

युनाइटेडका साहुहरू चाहिँ पोग्बालाई बेच्ने पक्षमा छैनन् । 

पोग्बाको सेलेब्रिटीको हैसियत र तडकभडक मउरिन्होलाई मन नपर्ने भएपनि क्लबका वरिष्ठ अधिकारीहरूले युनाइटेडलाई पाँच वर्षपछि लीग उपाधि जिताउनमा पोग्बाकै नेतृत्वदायी भूमिका रहने मान्यता राख्छन् । 

अघिल्लो सीजनमा मउरिन्हो र पोग्बाको अनेकौंचोटि झगडा परेको थियो र पोग्बाले विश्वकप जितिसकेपछि पनि मउरिन्होले ‘त्यस्तै खेल क्लबमा पनि देखाउनू नि’ भन्दै पोग्बालाई चिढ्याएका थिए । 

पोग्बा चाहिँ कुनै पनि आलोचना नआओस् भन्ने चाहन्छन् । मउरिन्होका तर्फबाट धेरै माया र कम विनाशक कुरा आएमा सबैको भलो हुने पोग्बाको मान्यता छ । 

उनले भने, ‘एउटा कुरा बुझ्नुस् । एउटा खेलाडी छानिन्छ र खुशी हुन्छ । ऊ खुशी नभएभन्दा खुशी हुँदा नै तपाईं बढी सहज अनुभव गर्नुहुन्छ ।’

‘म यति मात्र भन्न चाहन्छु । विश्वकपपछि म त्यही पल पोग्बा हुँ । टोली चाहिँ फरक छ, त्यत्ति हो । म अझै पनि फूटबल खेल्दा रमाइरहेको छु र म टोलीका लागि सबभन्दा राम्रो योगदान गर्नेछु । मैले भनें नि, तपाईं सहज हुनुहुन्छ भने, मानिसले
तपाईंलाई विश्वास गर्छन् भने तपाईं सकारात्मक सोच्नुहुन्छ र कुरा सजिलो हुँदै जान्छ ।’

पोग्बा र मउरिन्हो कहिल्यै पनि घनिष्ठ मित्र हुने छैनन् । लेस्टरलाई हराएपछि पत्रकारहरूसँग बोल्दै पोग्बाले एकचोटि पनि मउरिन्होको नाम लिएनन् । 

उनले प्रशंसकहरूलाई धन्यवाद दिए तर मउरिन्होको चर्चै गरेनन् ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x