×

NMB BANK
NIC ASIA

नेपाल र चीनले संयुक्त सैन्य अभ्यास गर्ने, भारत चनाखो

साउन २८, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपालले चीनसँग गर्न लागेको दोस्रो संयुक्त सैनिक अभ्यासलाई भारतले चनाखो भई हेरिरहेको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको छ । 

नेपालले बेइजिङसँग गरेको सैन्य कूटनीति भारतका लागि चिन्ताको विषय भएको पत्रिका लेख्छ । तर नेपालले आफ्नो परराष्ट्रनीति सावधानीपूर्वक अवलम्बन गरिरहेको पनि पत्रिकामा लेखिएको छ । 

नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्को महिना भारत भ्रमण गर्दैछन् र त्यसको केही दिनपछि उनी चीन जानेछन् । यसअघि प्रधानमन्त्री केपी ओली पनि चीन जानुअघि भारत गएका थिए । 

नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास अघिल्लो वर्षको अप्रिल महिनामा गरेको थियो । भारतले त्यसमा चिन्ता जनाएपछि नेपालले अन्तिम समयमा अभ्यास सत्र घटाएको थियो । नेपाली सेनाका अनुसार, चीनसँगको पहिलो संयुक्त
अभ्यास उदीयमान आतंकवादको सामना गर्नका लागि नेपाललाई तयार पार्ने उद्देश्यले गरिएको थियो । 

यसपालिको अभ्यासलाई सगरमाथा मैत्री–२ नाम दिइएको छ र यो चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको राजधानी चेङ्दुमा हुँदैछ । यो वर्ष पनि दुवै देशका १५ जनासम्म सैनिक अभ्यासमा भाग दिने अपेक्षा छ । 

नेपालले विगत १३ वर्षदेखि भारतसँग मिलेर बटालियन स्तरको सूर्यकिरण नामक अभ्यास गरिरहेको छ र त्यसमा दुवैतर्फका गरी ३०० सैनिकले भाग लिन्छन् । 

भारतीय अधिकारीहरूका लागि भने प्रधानमन्त्री ओलीको भ्रमणपछि पूर्वप्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणले कम्युनिस्ट सरकारअन्तर्गत परराष्ट्रनीतिमा आमूल परिवर्तनको डर आधारहीन रहेको पुष्टि गरेको छ । 

‘प्रचण्डको भारतको भ्रमणको मिति निश्चित गरिएको छ । उनी सेप्टेम्बर ७ देखि १२ सम्म भारतको भ्रमण गर्नेछन् । भारत भ्रमणबाट फर्केपछि उनी सेप्टेम्बर १७ देखि एक हप्ताका लागि चीन भ्रमणमा जाँदैछन्,’ एक आधिकारिक वक्तव्यमा लेखिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x