×

NMB BANK
NIC ASIA

नेकपाको बन्द : यस्तो छ देशभरको अवस्था

साउन २९, २०७५

NTC
Premier Steels

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा सामान्य परेको छ । तर, देशका अन्य भागमा भने बन्दको प्रभाव परेको छ । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।

Muktinath Bank

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा राखिएका प्रेसर कुकर बम र शंकास्पद बस्तु नेपाली सेना तथा प्रहरीको प्राविधिक टोलीले निष्क्रिय पारेको छ । धेरै जसो स्थानमा तर्साउनका लागि प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु राखिएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं– सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन् । तर, निजी तथा सरकारी विद्यालय बन्द भने भएका छन् । 


Advertisment
Nabil box
Kumari

ललितपुर– ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको प्रहरीले जनाएको छ ।

Vianet communication

भक्तपुर– सूर्यविनायक र लोकन्थलीमा बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । 

रोल्पा– रोल्पा र प्युठानको सिमाना स्थल खुङग्रिमा हिजो साँझ बिष्फोटक पदार्थ पड्केको थियो । आजको बन्दले प्युठान र रोल्पामा यातायात, बजार र शिक्षण संस्था बन्द छन् ।

नवलपरासी– पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकामा आगजनी भएको छ । भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी भएको हो ।

अर्घाखाँची– बन्दले विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् ।

गुल्मी– गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताले सोमबार राति मसाल जुलुस निकालेका थिए । बन्दको प्रभाव गुल्मीमा परेको छ । 

रौतहट– पूवपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद बस्तु फेला परेको छ । निष्क्रिय बनाउन सेनाको टोली जाँदै छ । 

बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लाष्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ । 

विद्यार्थीलाई सास्ती–विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण राजधानीका अधिकांश कलेजहरु बन्द भएका छन् । कलेज प्रशासनले कलेज सञ्चालन हुने नहुनेबारे अग्रिम जानकारी नदिँदा कलेजसम्म पुगेका अधिकांश विद्यार्थीहरु कोहि बीचबाटोबाट कोहि कलेज पुगेर त्यत्तिकै फर्किएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x