×

NMB BANK
NIC ASIA

गणपूरक संख्या नपुगेको भन्दै सांसदले नियमापत्ति गरेपछि...

साउन २९, २०७५

NTC
Premier Steels

काठमाडौं – प्रतिनिधिसभा बैठकमा मंगलवार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक- २०७५ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएपछि सभामुख कृष्णबहादुर महराले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न लागेका थिए ।

Muktinath Bank

नेमकिपा सांसद प्रेम सुवालले संसदको गणपूरक संख्या गनेर मात्र निर्णयार्थ पेश गर्न माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवालले माग गरेपछि संसद सचिवालयका कर्मचारीले सांसदको संख्या गने । तर गणपूरक संख्या पुगेको देखिएन ।


Advertisment
Nabil box
Kumari

त्यसपछि सभामुख महराले ५ मिनेट जनाउ घण्टी बजाउन आदेश दिए । घण्टी बजेको केही समयमा सांसदहरू बैठक कक्षमा आए ।

Vianet communication

सभामुखले प्रस्ताव निर्णयार्थ पेश गरे र  बहुमत सांसद पक्षमा रहेको भन्दै विधेकय स्वीकृत भएको घोषणा गरे ।

बैठकमा कुनै प्रस्ताव निणयार्थ पेश गर्दा संसदमा कायम सदस्यको एक चौथाइ आवश्यक पर्ने हुन्छ । सुवालले बैठकमा कति सांसद् छन भन्ने जान्न चाहे ।

सभामुख महराले गणपूरक संख्याका लागि ५९ जना सांसद आवश्यक हुनुपर्नेमा ८१ जना सांसद उपस्थित रहेको जानकारी गराए र बैठक सुचारु भयो ।

सांसदहरू संसदमा हाजिर भएर बाहिरिने गरेपछि बैठकमा गणपूरक संख्या पुर्‍याउन कठिन गर्ने गरेको छ ।

प्रतिनिधिसभामा अहिले २ सय ७५ सांसद छन् ।

पढ्नुहोस यो पनि :

गिनिज बूकमा नाम लेखाउन मन्त्रीले गरेको प्रस्ताव किन गरे सुवालले अस्वीकार ?

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x