×

NMB BANK
NIC ASIA

सहकारीलाई प्रधानमन्त्रीको सुझाव– उत्पादन बढाउन र आयात घटाउन भूमिका खेल्नुस्

साउन ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

Muktinath Bank

सहकारी क्षेत्रको प्रवर्द्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधानको भावनाअनुसार सहकारी तीनखम्बे अर्थनीति भएकाले यसलाई सबल बनाउन सरकार तयार रहेको उल्लेख गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“वर्तमान सरकार पूरै सहकारीमैत्री छ, सहकारीले पनि सहकारी दर्शन, सिद्धान्त, मूल्य र मान्यताअनुसार अगाडि बढ्नुपर्दछ । सबैभन्दा धेरै आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्न साना हैन ठूला क्षमताको उत्पादनका निम्ति मिलेर काम गर्नुस्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महासङ्घका अध्यक्ष केशव बडालले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

उल्लेखित सबै विषयमा कसरी समाधान गर्ने भन्नेबारे विस्तृतरुपमा छलफल गरी कुन विषयमा कस्तो ऐन संशोधनलगायत विषयको टुङ्गो लगाइने प्रधानमन्त्रीको भनाइ थियो । 

Vianet communication

छलफलमा कृषि तथा पशुपक्षीमन्त्री चक्रमाणि खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्याल सहभागी हुनुहुन्थ्यो । 

महासङ्घको सुझावका सम्बन्धमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरु सकारात्मक हुनुभएकाले सहकारी क्षेत्रका समस्या चाँडो समाधान हुने अध्यक्ष बडालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा सहकारी जानेबारे केही कानूनी बाधा थिए त्यसलाई समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रीज्यूहरु सकारात्मक बन्नुभएको छ ।” 

बडालका अनुसार अहिले ज्वलन्त समस्या भनेको नयाँ संरचना आइसकेपछि ७५३ वटा स्थानीय तह र सात प्रदेशमा डिभिजन सहकारी कार्यालय छैन । जहाँ दर्तादेखि अनुगमन अगाडि बढाउने आधार भएन । त्यसका निम्ति जतिसक्दो चाँडो ७५३ वटै र सातै प्रदेशमा अधिकृतको व्यवस्था गर्ने र ती अधिकृतलाई सहकारी दर्शन, सिद्धान्तबारे प्रशिक्षण गरेर पठाउनुपर्नेमा आफूहरुले ध्यानाकर्षण गराएको बडालको भनाइ थियो । 

अन्तर्राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र स्थापना गरिनुपर्ने 

सहकारी महासङ्घले तालीम, प्रशिक्षण, पूर्वाधार र प्रविधिको कमीले सहकारी क्षेत्रमा समस्या आएको भन्दै काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सहकारी तालीम प्रशिक्षण केन्द्र स्थापना गर्न सुझाएको छ । उक्त तालीम एक वर्षे, तीन महिने र १५ दिनसमेतको तथा सातै प्रदेशमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने सुझावमा भनिएको छ ।    सहकारी उत्पादनमूलक क्षेत्रका सबै ठाउँमा जान चाहे पनि त्यसका निम्ति कानूनी अड्चन रहेकाले कानूनीरुपमा जे जति अड्चन छन् त्यसलाई छिटो सच्चाएर जानुपर्छ भन्नेमा आफूहरुको जोड रहेको उहाँले उल्लेख गर्नुभयो । 

महासङ्घले बुझाएको सहकारी क्षेत्रको प्रवर्द्धनका लागि तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यसम्बन्धी सुझावमा सङ्घीय सहकारी ऐनसँग नबाँझिने गरी सात वटै प्रदेशमा सहकारी ऐन निर्माणका लागि प्रदेश सरकारलाई निर्देशन दिनुपर्ने, ७५३ वटै स्थानीय तहमा सहकारीमैत्री स्थानीय ऐन निर्माण गरिनुपर्नेलगायत सुझाव छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x